‘लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक’ « Khabarhub

‘लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक’


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताएका छन् । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र नं २ को चुनावी प्रशिक्षणमा कार्यक्रममा उनले अहिले बनेको गठबन्धनले प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले भने, ‘गठबन्धनमा सबै मिल्न आवश्यक छ, वर्तमान संविधानमा सबै अटाउने स्थान छ, एउटा दलले मात्र बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धनलाई मिलाएर लैजान आवश्यक छ ।’ मुलुकमा लोकतन्त्रवादी शासन व्यवस्थालाई सुदृढ गर्दै अघि बढाउन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले त्यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार ओनसरी घर्तीले त्यसबेला सभामुखको जिम्मेवारी अत्यन्तै सुव्यवस्थित हिसाबले चलाउन सफल भएको घटना सुनाए ।

उनले भने, ‘ओनसरी जी सहासिक महिला हुनुहुन्छ, सभामुख हुँदा पार्टीभन्दा राष्ट्रको जिम्मेवारीलाई हेरेर काम गर्ने लोकतन्त्रवादी हुनुहुन्छ ।’ 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : २४ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी