पूर्वमन्त्री साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा « Khabarhub

पूर्वमन्त्री साहद्वारा स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वमन्त्री प्रभु साहले स्वतन्त्र उम्मेदवार जिताउ अभियानको घोषणा गरेका छन् । दलीय प्रणाली र दलका नेताहरूको अनैतिक क्रियाकलापबाट लोकतन्त्र नै संकुचित भएको र देश अस्थिरताको भुमरीमा फस्दै गएको भन्दै उनले समयसापेक्ष सुधार गरी देशमा सुशासन, स्थिरता, विकास र समृद्धिका लागि आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूलाई जिताउन अभियान सञ्चालन गर्न लागेका हुन् । 

अभियानलाई तीव्रता दिनका लागि पूर्वमन्त्री साहले मधेश प्रदेशका ८ वटै जिल्लाको संयोजक तोकेका छन् । आइतबार एक वक्तव्य जारी गर्दै अभियानका संयोजक साहले ८ जिल्लाको संयोजक तोकेको जनाएका छन् । अभियानको जिल्ला संयोजकका रुपमा पर्सामा बाबुराम कौशिक, बारामा अशोक लामा, रौतहटमा त्रिभुवन साह ‘अमर’, सर्लाहीमा राजनन्दन चौधरी, महोत्तरीमा राधेश्याम साह, धनुषामा श्रीलाल महासेठ, सिरहामा सरोज यादव र सप्तरीमा बसन्त मण्डललाई जिम्मेवारी तोकिएको छ । अभियानलाई वडा तह देखि राष्ट्रियस्तरको संरचनामा खडा गर्ने संयोजक प्रभु साहले जानकारी दिए ।

एमालेले जसपासँग गठबन्धन गरेपछि त्यसको विरोध गर्दै पूर्वमन्त्री साहले एमालेको टिकट लत्याएर स्वतन्त्र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका थिए । उनले मधेशका विभिन्न निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार खडा गरेका थिए भने अब उनले देशैभर स्वतन्त्र उम्मेदवारहरूको प्यानल निर्माण गर्न लागेका हुन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ३४ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी