पहिरोमा परी ९० भेडा बेपत्ता « Khabarhub

पहिरोमा परी ९० भेडा बेपत्ता


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कर्णाली– तिला गाउँपालिका–६ जुम्लाको भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन् ।

खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिका–७ निवासी शेरबहादुर रोकायको ३२, लालबहादुर रोकायको ३२, खम्बिलाल रोकायको १२ र वडा नं ६ घोडे निवासी नरेन्द्र रोकायको १४ भेडा गरी ९० भेडा र एक कुकुर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

घटना चार दिनअघि भए पनि सदरमुकामबाट करिब ५० किलोमिटर टाढा भएकोले जानकारी पाउने बित्तिकै प्रहरी चौकी रारालिही जुम्लाबाट प्रहरी टोली पठाइएको उनले बताए । सूचना अधिकारी जोशीका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा पहिरो गएको स्थानदेखि २०-२५ मिटर तल खोला किनारमा १५ वटा भेडा बाख्रा मृत अवस्थामा फेला परेका थिए । 

अन्य भेडा र एक कुकुर बेपत्ता भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ७ : ५७ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको