जोशीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त « Khabarhub

जोशीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको निधनले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एउटा अमूल्य स्रष्टा गुमाएको उल्लेख छ ।

‘भाषा, साहित्य र संस्कृतिको माध्यमबाट मानव अधिकार संस्कृति विकासका लागि उहाँले पु¥याउनुभएको योगदानको आयोग कदर गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय जोशीको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिनुका साथै सरकारबाट उच्च मूल्याङ्कन हुनेछ भन्ने आयोगले विश्वास लिएको छ ।’

आयोगले दुःखद् घडीमा स्वर्गीय जोशीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : १८ बजे

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत

नेपाल राष्ट्र बैंकद्वारा ४० करोड थान १ रुपैयाँका नयाँ सिक्का ल्याउने

काठमाडौं– नेपाल राष्ट्र बैंकले ४० करोड थान १ रुपैयाँका नयाँ

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको