जोशीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त « Khabarhub

जोशीको निधनप्रति आयोगद्वारा दुःख व्यक्त


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा उपचारका क्रममा बिहान भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा जोशीको निधनले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एउटा अमूल्य स्रष्टा गुमाएको उल्लेख छ ।

‘भाषा, साहित्य र संस्कृतिको माध्यमबाट मानव अधिकार संस्कृति विकासका लागि उहाँले पु¥याउनुभएको योगदानको आयोग कदर गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘स्वर्गीय जोशीको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिनुका साथै सरकारबाट उच्च मूल्याङ्कन हुनेछ भन्ने आयोगले विश्वास लिएको छ ।’

आयोगले दुःखद् घडीमा स्वर्गीय जोशीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : १८ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको