इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु « Khabarhub

इरानको इभिन जेलमा आगलागी हुँदा ४ जनाको मृत्यु


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तेहरान– तेहरानको इभिन कारागारमा शनिबार राति भएको आगलागीमा परी कम्तीमा चार कैदीको मृत्यु हुनाका साथै अन्य ६१ जना घाइते भएको सरकारी समाचार एजेन्सी इरनाले आइतबार जनाएको छ ।

इभिन कारागारको वार्डका केही कैदीहरूबीच हिजो राति भएको झडप र आगलागीपछि सो दुर्घटना भएको हो । विषाक्त धुवाँबाट निसास्सिएर मृत्यु भएका चार कैदीहरूलाई चोरीको अभियोगमा दोषी ठहर गरिएको थियो र उनीहरूले इभिन जेलमा सजाय भोगिरहेका थिए।

घाइते ६१ मध्ये ५१ जनाको क्लिनिकमा उपचार गरिएको थियो भने १० जनालाई अस्पतालमा भर्ना गरिएको थियो । प्रतिवेदन अनुसार चोटपटकको जोखिममा रहेका ७० भन्दा बढी कैदीहरूलाई बचाइएको थियो।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ८ : २८ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको