चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ « Khabarhub

चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मोरङ- चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोरङकाे बुढिगंगा गाउँपालिका–७ कमलपुर बस्ने २४ वर्षीय राजेश सरदारलाई प्रहरीले पक्राउ गरेको हो ।

आपसी वादविवाद हुँदा राजेशले साेहि गाउँपालिका–५ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बुढिगंगा गाउँपालिका–५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरूबीच विवाद हुँदा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएका थिए । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते करणको गोल्डेन अस्पताल विराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : ३० बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान