विभिन्न स्थानबाट अवैध लागू औषधसहित चार जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट अवैध लागू औषधसहित चार जना पक्राउ


३० कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशका विभिन्न स्थानबाट अवैध लागू औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ तेलकोटबाट एक केजी गाँजासहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका–१ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका–७ जगाती डेरा गरी बस्ने २८ वर्षीय कमल विक र रामेछाप दोरम्बा गाउँपालिका–८ घर भई भक्तपुर जगाती बस्ने १९ वर्षीय विशाल घतानी रहेका छन्।

प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले नगरकोटबाट खरिपाटीतर्फ जाँदै गरेको बा.३ ख ६३१६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक कमल र गाडीमा सवार विशाललाई पक्राउ गरेको हो।

यस्तै बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहबाट ५० ग्राम खैरो हेरोइनसहित भारत बहराईच बाबागन्ज कुट्टि बस्ने २४ वर्षीय मोहमद अलीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण व्यूरो नेपालगन्जबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी कञ्चनपुरको भिमदत्त नगरपालिका–११ सात नम्बर पिलरबाट ६४ मिलिग्राम ब्राउनसुगरसहित भिमदत्त नगरपालिका–६ बस्ने २२ वर्षीय मोहित पहरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय गड्डाचोकीबाट खटिएको प्रहरीले उनलाई जाँच गर्ने क्रममा हाप पाइन्टको इजारमा लुकाई राखेको उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार  १२ : २५ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको