धनगढीमा प्लास्टिक निषेध, व्यवसायी विकल्प खोज्दै « Khabarhub

धनगढीमा प्लास्टिक निषेध, व्यवसायी विकल्प खोज्दै


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धनगढी – धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोला प्रयोग गर्न निषेध गरेपछि व्यवसायी प्लास्टिकको विकल्प खोज्न थालेका छन्। नगर स्वच्छताका लागि भन्दै धनगढी उपमहानगरपालिकाले मंसिरदेखि प्लास्टिकका झोला बेच्न र सामान राखेर दिन बन्द रोक लगाएको छ।

उपमहानगरले प्लास्टिकका झोला बन्द गरेपछि कपडाका झोला छपाउन दिएको व्यवसायी चन्द्र जैशी बताउँछन्। प्लास्टिकको सट्टामा कपडाको झोला बनाएर ग्राहकलाई सामान दिने तयारी गरेको उनले बताए।

प्लास्टिकको सट्टामा प्रयोग हुने कपडाको झोला पुनः प्रयोग गर्न मिल्ने भएका कारण एक पटक ग्राहकलाई झोला दिँदा सो झोला धेरै पटकसम्म प्रयोग गर्न मिल्ने उनी बताउँछन्। बजार क्षेत्रमा ठेलामा घुम्ती व्यवसाय गर्दै आएका व्यवसायी पनि प्लास्टिकको झोलाको सट्टामा कपडाको झोला प्रयोग गर्ने तयारी गरिरहेका छन्।

उपमहानगरपालिकाले विकल्प नदिँदा प्लास्टिकका झोला पटक हटाउन समस्या भएको होटेल व्यवसायी सुधिर भट्टले बताए। ‘प्लास्टिक बन्द गर्नु राम्रो हो,’ उनले भने, ‘तर प्लास्टिकको झोलाको सट्टामा के प्रयोग गर्ने भन्ने कुरा पहिला नै भनेको भए राम्रो हुने थियो, एकैपटक प्लास्टिक बन्द गर्दा ग्राहकले अर्डर गरेको सामग्री दिन समस्या भइरहेको छ।’

धनगढी उपमहानगरपालिकाले प्लास्टिकका झोलाको विकल्प व्यवसायी र उपभोक्ता आफैले खोज्नुपर्ने जनाएको छ। ‘प्लास्टिकको विकल्प व्यवसायीले आफैले खोज्नुपर्छ,’ मेयर गोपाल हमालले भने, ‘विकल्प उपमहानगरले दिँदैन।’

उपमहानगरको भदौ १ को कार्यपालिकाको बैठकले असोज १ गतेदेखि धनगढीमा प्लास्टिकका झोला तथा प्लास्टिकजन्य वस्तु बन्द गर्ने निर्णय गरेको थियो। असोज १ गते भनिए पनि एक महिनासम्म सूचना जारी गरेको थियो। प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन सकिएपछि भने प्लास्टिकका झोला बिक्रीमा रोक लगाइएको छ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  ११ : ०५ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते