‘गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ’ « Khabarhub

‘गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ’


१ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बताएका छन् । ‘द राइजिङ नेपाल’ अङ्ग्रेजी दैनिक पत्रिकाको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ, केबल विज्ञापनको निमित्त मात्रै होइन, समाचारका निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपालले जनताको पत्रिकाका रुपमा विकसित गर्न सबैको ध्यान पुग्नुपर्छ ।’ उनले  राइजिङ नेपाललाई अझै विश्वसनीय र पठनीय पत्रिकाका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

उनले अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ हाम्रासामु रहेको उल्लेख गर्दैै यो नेपालमा अपवाद हुन सक्दैन  भने। ‘राइजिङ नेपाल ५७ वर्ष पूरा हुनु गर्वको कुरा हो’, उनले भने ।

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले मुलुकमा विकास र समृद्धि चाहेको बताउँदै उनले त्यो चाहनालाई कत्ति पनि विलम्ब नगरी आफ्नो दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विसं २०२२ पुस १ गतेदेखि राइजिङ नेपालको प्रकाशन सुरु भएको हो । ठूलो आकारको पहिलो अङ्ग्रेजी दैनिकका रुपमा राइजिङ नेपाल गोरखापत्र प्रकाशन सुरु भएको ६४ वर्षपछि मात्रै प्रकाशन भएको हो । राइजिङ नेपालको प्रथम सम्पादक वरुण शमशेर राणा थिए। अहिले १५ औँ सम्पादकका रुपमा भीमसेन थपलिया छन् । 

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले राइजिङ नेपाललाई अझै सत्यतथ्य, निष्पक्ष, विश्वसनीय, मर्यादित, पठनीय र जनताप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले संस्थानका प्रकाशनमा पहिलेको तुलनामा सुधार हुँदै गएको बताए । उनले संस्थानका प्रकाशनमा आगामी दिनमा विषयवस्तु प्रस्तुति, शैली, भाषा लगायतमा अझै सुधार गरेर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १ पुस २०७९, शुक्रबार  २ : ५२ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण