हेमासँग समय बिताउन लाइटमेनलाई पैसा दिन्थे धर्मेन्द्र « Khabarhub

हेमासँग समय बिताउन लाइटमेनलाई पैसा दिन्थे धर्मेन्द्र


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउड दिग्गज अभिनेता धर्मेन्द्र र अभिनेत्री हेमा मालिनी आज पनि बलिउडको एक आदर्श जोडी हुन् । तर आफ्नो प्रेमलाई विवाह मण्डपसम्म पु¥याउन यो जोडीलाई कम सकस परेन । दुवैले कैयौं समस्या पार गरे ।

हेमासँग विवाह गर्नुअघि नै धर्मेन्द्र विवाहित थिए । जुन कुरा हेमासँगको विवाहका लागि समस्या बनेको थियो । धर्मेन्द्र र हेमाको प्रेमकथा चर्चित र विवादित सँगै दिलचस्प पनि थियो । उनीहरुले एकसाथ कैयौं फिल्ममा काम गरे । तर प्रेमकथाको सुरुवात ‘शोले’बाट भयो । यो फिल्मको सेटमा हेमा र धर्मेन्द्रको प्रेमकथाको एक किस्सा निकै लोकप्रिय छ ।

फिल्म ‘शोले’को गब्बरदेखि वीरुको संवाद अहिले पनि जोकोहीको मुखमा झुण्डिएको छ । फिल्ममा अमिताभ बच्चन, जया भादुरी, धर्मेन्द्र र हेमाको प्रमुख भूमिकामा अभिनय थियो । धर्मेन्द्र ठाकुरको भूमिकामा अभिनय गर्न चाहन्थे, तर फिल्ममा वीरु र बसन्तीको भूमिका रहेको थाहा पाएपछि उनले ठाकुरको भूमिकालाई छोडे ।

धर्मेन्द्र हेमालाई निकै मनपराउँथे । ‘शोले’को सुटिङमा उनको वरपर नै हेमा रहुन् भन्ने चाहन्थे । यो फिल्मको सुटिङमा धर्मेन्द्र लाइटमेनलाई गल्ती काम गर्नका लागि पैसा दिन्थे । आफ्नो र हेमाको दृश्य छायांकन भइरहँदा लाइटमेनले गल्ती गरिदियो भने त्यो दृश्यलाई रिटेक गर्नुपर्छ भन्ने धर्मेन्द्रलाई थाहा थियो । जसकारण उनी लामो समयसम्म हेमासँग समय बिताउन चाहन्थे ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ११ : ३६ बजे

दिनभर स्थानीयको अवरोधपछि रातको समयमा धमाधम पिच, वडा अध्यक्ष नै फिल्डमा

काठमाडौं – काठमाडौंको बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको

बालुवाटारमा एमालेले भन्योः अहिले विदेशमा रहेका नेपालीले भोट हाल्ने व्यवस्था नगरौँ

काठमाडौँ– नेकपा एमालेले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा

अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पछिल्लो समय

सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता

उदयपुर – सुनकोशी नदीमा हाम फालेका उदयपुरको कटारी–३ च्याँगाका ६२

प्रदीप ज्ञवाली भन्छन्ः एमाले निर्वाचनबाट कहिल्यै भाग्दैन

भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले