तिला र सिंजामा पनि स्याउ सुपरजोन कार्यक्रम « Khabarhub

तिला र सिंजामा पनि स्याउ सुपरजोन कार्यक्रम


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागु भएको पाँच बर्षपछि जुम्लाको सिंजा क्षेत्रमा स्याउ सुपरजोन कार्यक्रम लागु हुने भएको छ । प्रधानमन्त्री कृषि आयोजना परियोजना इकाई जुम्लाले सिंजा क्षेत्रलाई सुपरजोनका रुपमा चयन गरेको जनाएको हो ।

परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार यसअघि चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा यो कार्यक्रम संचालन भइसकेको छ । उनले भनिन्, ‘अब सिंजाका हिमा, सिंजा, कनकासुन्दरी र तिलामा पनि यो कार्यक्रम लागु हुनेछ ।’ कार्यक्रम विस्तार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरको १ र २ मा कार्यक्रम लागु गर्नेगरी बुधबार पत्र प्राप्त भएको उनले बताइन ।

पत्रअनुसार जुम्लामा संचालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको सिफारिस पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिसअनुसार सुपरजोन क्षेत्र थप गरिएका हुन् । ढिला निर्णय भएकाले कार्यक्रमका केही क्रियाकलापबाहेक अर्को आर्थिक बर्षबाट पूर्ण लागु हुने कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन ।

परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ । सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन इकाई स्थापना गरी काम भइरहेको कार्यालयले जनाएको छ ।

यस्तै, परियोजनाले प्रमुख कृषि क्षेत्रहरुको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरूको मुल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक बजारमा लैजाने उद्देश्यअनुसार सुपरजोन कार्यक्रम लागु भएका क्षेत्रका किसानलाई प्रविधि सिकाउने, अनुदान कार्यक्रम दिने गर्दै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ४ : ०० बजे

७५ वर्ष अघिका कांग्रेस १५ औँ महाधिवेशनमा सहभागी : मातृकाले बनाएका थिए सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको मञ्चमा एकाएक ७५

महाधिवेशनबाट गगन कांग्रेसको स्वीकार्य सभापति बन्ने एमाले महासचिवको विश्वास

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेले गगन थापा नै १५औं

कांग्रेसद्वारा ज्येष्ठ सदस्य मथुराप्रसाद श्रेष्ठलाई सम्मान

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको सबैभन्दा पुरानो पार्टीको सदस्यता लिएका प्रजातन्त्र

बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको

रवि लामिछाने दलहरूलाई एक ठाउँमा ल्याउन प्रयत्न गर्नुहुन्छ, सरकार गर्दैन : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति