तिला र सिंजामा पनि स्याउ सुपरजोन कार्यक्रम « Khabarhub

तिला र सिंजामा पनि स्याउ सुपरजोन कार्यक्रम


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागु भएको पाँच बर्षपछि जुम्लाको सिंजा क्षेत्रमा स्याउ सुपरजोन कार्यक्रम लागु हुने भएको छ । प्रधानमन्त्री कृषि आयोजना परियोजना इकाई जुम्लाले सिंजा क्षेत्रलाई सुपरजोनका रुपमा चयन गरेको जनाएको हो ।

परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलका अनुसार यसअघि चन्दननाथ नगरपालिका, तातोपानी गाउँपालिका, गुठीचौर र पातारासीमा यो कार्यक्रम संचालन भइसकेको छ । उनले भनिन्, ‘अब सिंजाका हिमा, सिंजा, कनकासुन्दरी र तिलामा पनि यो कार्यक्रम लागु हुनेछ ।’ कार्यक्रम विस्तार गर्न बाँकी वडा पातारासीका १, २, ३ र गुठीचौरको १ र २ मा कार्यक्रम लागु गर्नेगरी बुधबार पत्र प्राप्त भएको उनले बताइन ।

पत्रअनुसार जुम्लामा संचालित स्याउ सुपरजोन क्षेत्र विस्तारको लागि परियोजना कार्यदलको सिफारिस पत्र तथा जिल्ला परियोजना कार्यान्वयन तथा तथा अनुगमन समितिको सिफारिसअनुसार सुपरजोन क्षेत्र थप गरिएका हुन् । ढिला निर्णय भएकाले कार्यक्रमका केही क्रियाकलापबाहेक अर्को आर्थिक बर्षबाट पूर्ण लागु हुने कार्यालय प्रमुख गंगा पोख्रेलले बताइन ।

परियोजनाको सोच कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने रहेको छ । सोहीअनुसार जुम्लामा स्याउ सुपरजोन परियोजना कार्यान्वयन इकाई स्थापना गरी काम भइरहेको कार्यालयले जनाएको छ ।

यस्तै, परियोजनाले प्रमुख कृषि क्षेत्रहरुको विशिष्टीकृत क्षेत्र निर्माण गर्ने, निर्यातयोग्य कृषि वस्तुहरूको मुल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक बजारमा लैजाने उद्देश्यअनुसार सुपरजोन कार्यक्रम लागु भएका क्षेत्रका किसानलाई प्रविधि सिकाउने, अनुदान कार्यक्रम दिने गर्दै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ४ : ०० बजे

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका

राज्यमन्त्रीको सेवा पाउनेगरी प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा रावल नियुक्त

काठमाडौं– अन्तरिम सरकारले प्रधानमन्त्री सुशिला कार्कीको प्रेस सल्लाहकारमा राम रावललाई

कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आज राति मतदान नहुने भएको

कांग्रेस विशेष महाधिवेशनमा चार जनाले लगे सभापतिको मनोनयनपत्र

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत