खेलौना बनाएर जीविकोपार्जन गर्दै अपाङ्गता भएका महिला « Khabarhub

खेलौना बनाएर जीविकोपार्जन गर्दै अपाङ्गता भएका महिला


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सुरुङ्गा नगरपालिका–२ की उर्मिला निरौला खेलौना (गुडिया) बनाएर आवश्यकता पूरा गर्दै आएकी छन् । उनी आत्मनिर्भर बन्न र स्वरोजगार बन्न समेत खेलौना बनाउने सीपसमेतक सिक्दै छिन् । निरौला बौद्धिक अपाङ्गता अभिभावक सङ्घले आयोजना गरेको दुईहप्ते तालिममा सहभागी छन् ।

निरौला ३५ किलोमिटर टाढा राजविराज आएर दैनिक तालिम लिइरहेकी छन् । अविवाहित उनले आत्मनिर्भर हुन सीप सिकिरहेको बताइन् । ‘म कसैको बोझ बन्न चाहन्न’, निरौलाले भने । भारतीय बजार नजिकै भएका कारण अगरबत्ती, साबुन, मैनबत्ती जस्ता समानमा प्रतिस्पर्धा गर्न नसक्दा खेलौना बनाउन आकर्षित भएको उनको भनाइ छ ।

निरौला जस्तै अन्य अपाङ्गता भएका महिलाले तालिम लिइरहेका छन् । तालिममा राजविराजसहित सप्तकोसी, सुरुङ्गा, बोदे बर्साइन, हनुमाननगर कङ्काल्नी नगरपालिकालगायतका महिला सहभागी छन् । खेलौना बनाउने तालिममा सहभागी भएपछि उनीहरू आशावादी बनेका छन् । सप्तकोसी नगरपालिका–१ फत्तेपुरबाट ४० किमीको बसयात्रा तय गरेर तालिममा सहभागी भएकी उर्मिला चौधरी यसबाट जीविकोपार्जन गर्न मद्दत पुग्ने बताउछिन् । उनका श्रीमान् खगेनको कोभिड–१९ का कारण गत असार ४ गते ज्यान गयो । अपाङ्गता भएकी उर्मिला त्यसयता सहाराविहीन भएकी छन् ।

ऐलानी १० धुर जग्गामा बसोबास गरिरहेकी उर्मिलालाई वृद्ध सासूको स्याहार र १३ वर्षीय छोरोको लालनपालनको जिम्मेवारीसमेत सम्हाल्नु परेको छ । दुवै जनाको स्याहारका लागि कुनै न कुनै सीप सिकेर आम्दानीको बाटो खोज्नुपर्ने उर्मिलाको बाध्यता छ ।

यसैगरी हनुमाननगर कङ्काल्नी–१२ की सङ्गीता खड्का पनि क्षमता विकास र आयआर्जनका लागि तालिममा सहभागी छिन् । अविवाहिता खड्काले घरमै ट्युसन पढाउने र किशोरी शिक्षा दिने गरिरहेको बताइन् । खेलौनाको माग बढ्दै गएको उनी बताउँछिन् ।

राजविराज नगरपालिका–८ की आरती मण्डल खेलौनाले बनाउने तालिम लिनथालेपछि सीपले जीवन गुजार्न सहज हुने विश्वास व्यक्त गरिन् । ‘तालिमले केही गरेर बाँच्न सकिन्छ भन्ने मनोबल बढेको छ’, उनले भनिन्, ‘घरमै बसेर आय आर्जनको अवसर पाउने विश्वास छ ।’

पहिलो पटक अपाङ्गता भएका महिलालाई तालिम प्रदान गरिएको प्रशिक्षक कविता दासले बताउनुभयो । तालिममा अपाङ्गता भएका रीका २० जना सहभागी छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ४ : १५ बजे

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं