अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयवासीलाई सास्ती « Khabarhub

अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयवासीलाई सास्ती


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलीब्रिज भाँचिएपछि स्थानीयवासीले सास्ती पाएका छन् ।

गत वर्ष फागुन २९ गते मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको थियो । अरुण नदीमा बेलीब्रिज भाँचिएपछि गाउँपालिका केन्द्रको सम्बन्धविच्छेद भएको मकालु–१ का वडाध्यक्ष वाङदी शेर्पाले जानकारी दिए ।

निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको वडाध्यक्ष शेर्पाले बताए ।

बेलीब्रिज भाँचिएपछि वालुङतर्फ जाने र नुम आउने गाडीसमेत रोकिएका छन् । बेलीब्रिज भत्किएपछि दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्री डोकामा बोकेर लैजानुपर्ने अवस्था भएको वडाध्यक्ष शेर्पाले बताए ।

बेलीब्रिजको क्षमताभन्दा बढी सामग्री बोकेर बेलीब्रिज तार्ने गाडी चालकलाई कारबाही गर्नसमेत वडाध्यक्ष शेर्पाले माग गरेका छन् । बेलीब्रिज चाँडो बनाउन सरोकारवाला निकायसँग माग गरिसकेको वडाध्यक्ष शेर्पाले बताए । निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा लोवेट ट्रक एकैपटक तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो ।

बेलीब्रिज बनाउन सेनालाई दिने

मकालु–५ र १ जोड्ने बेलीब्रिज बनाउन नेपाली सेनालाई दिने तयारी भएको इप्सुवा हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख भरत खत्रीले जानकारी दिए । उनले भने, “बेलीब्रिज बनाउन नेपाली सेनाले समेत चासो देखाएको छ, बेलीब्रिजको अध्ययन गर्न सेनाको टोली मकालु पुगिसकेको छ ।”

आयोजना प्रमुख खत्रीका अनुसार बेलीब्रिजको निर्माण एक महिनाभित्र सम्पन्न गर्ने बताए । बेलीब्रिज बनाउने नेपाली सेनाको टोलीको पनि सहयोग गर्ने भएका कारण महिना दिनभित्रै सम्पन्न गर्ने उनको भनाइ छ ।

चौवन्न मिटर लामो बेलीब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । विसं २०७५ मा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलीब्रिज निर्माण गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ९ : ५० बजे

सर्वदलीय बैठक बालेनको खोजी, नेताहरूले भने, ‘अन्तर्राष्ट्रिय समुदायसँग पनि छलफल थालौँ’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको सर्वदलीय बैठकमा सबै

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा