अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयवासीलाई सास्ती « Khabarhub

अरुण नदीको बेलीब्रिज भाँचिएपछि स्थानीयवासीलाई सास्ती


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– सङ्खुवासभाको मकालु गाउँपालिका–५ र १ जोड्ने बेलीब्रिज भाँचिएपछि स्थानीयवासीले सास्ती पाएका छन् ।

गत वर्ष फागुन २९ गते मकालु–५ को नुम र वडा नं १ वालुङ जोड्ने अरुण नदीमा निर्माण गरिएको बेलीब्रिज भाँचिएको थियो । अरुण नदीमा बेलीब्रिज भाँचिएपछि गाउँपालिका केन्द्रको सम्बन्धविच्छेद भएको मकालु–१ का वडाध्यक्ष वाङदी शेर्पाले जानकारी दिए ।

निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो । अरुण नदीको बेलीब्रिज भाँचिएपछि आवतजावत ठप्प भएको वडाध्यक्ष शेर्पाले बताए ।

बेलीब्रिज भाँचिएपछि वालुङतर्फ जाने र नुम आउने गाडीसमेत रोकिएका छन् । बेलीब्रिज भत्किएपछि दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्री डोकामा बोकेर लैजानुपर्ने अवस्था भएको वडाध्यक्ष शेर्पाले बताए ।

बेलीब्रिजको क्षमताभन्दा बढी सामग्री बोकेर बेलीब्रिज तार्ने गाडी चालकलाई कारबाही गर्नसमेत वडाध्यक्ष शेर्पाले माग गरेका छन् । बेलीब्रिज चाँडो बनाउन सरोकारवाला निकायसँग माग गरिसकेको वडाध्यक्ष शेर्पाले बताए । निर्माणाधीन इप्सुवा हाइड्रोपावर कम्पनीको निर्माण सामग्री लिएर गएको तीनवटा लोवेट ट्रक एकैपटक तार्ने क्रममा बेलीब्रिज भाँचिएको हो ।

बेलीब्रिज बनाउन सेनालाई दिने

मकालु–५ र १ जोड्ने बेलीब्रिज बनाउन नेपाली सेनालाई दिने तयारी भएको इप्सुवा हाइड्रोपावर कम्पनीका आयोजना प्रमुख भरत खत्रीले जानकारी दिए । उनले भने, “बेलीब्रिज बनाउन नेपाली सेनाले समेत चासो देखाएको छ, बेलीब्रिजको अध्ययन गर्न सेनाको टोली मकालु पुगिसकेको छ ।”

आयोजना प्रमुख खत्रीका अनुसार बेलीब्रिजको निर्माण एक महिनाभित्र सम्पन्न गर्ने बताए । बेलीब्रिज बनाउने नेपाली सेनाको टोलीको पनि सहयोग गर्ने भएका कारण महिना दिनभित्रै सम्पन्न गर्ने उनको भनाइ छ ।

चौवन्न मिटर लामो बेलीब्रिजको क्षमता ३० टनमात्र रहेको थियो । विसं २०७५ मा इप्सुवा हाइड्रोपावरले अरुण नदीमा निर्माण सामग्री लैजान बेलीब्रिज निर्माण गरेको हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ९ : ५० बजे

कांग्रेसको वार्ता समितिमा संस्थापनबाट बालकृष्ण खाण थपिए : आज वार्ता हुँदै

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

निर्वाचन ५१ दिन बाँकीः बन्दसूचीबाट ८५ जनाले लिए नाम फिर्ता

काठमाडौं – प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त