राजर्षि जनक कप फुटबल: नेपाल पुलिसको जित « Khabarhub

राजर्षि जनक कप फुटबल: नेपाल पुलिसको जित


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपाल पुलिसले फराकिलो जित निकालेको छ ।

बागमती नगरपालिका–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको खेलमा नेपाल पुलिसले नवजनजागृति क्लब सिमरालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको २० औँ मिनेटमा फ्रिकिकमार्फत् गोल गर्दै पुलिसका लागि सौजन राईले खाता खोले । डिबक्सनजिकै सिमराका खेलाडीले फउल गरेपछि पुलिसले फ्रिकिकको मौका पाएको थियो ।

सोही अवसरलाई राईले कुनै गल्ती नगरी सदुपयोग गरे । यस्तै खेलको २८ औँ मिनेटमा पुलिसका कप्तान जुमनु राईको पासलाई रबी शंकर पासवानले गोल पोस्टको दिशा दिन सफल भएसँगै पुलिस खेलको पहिलो आफमा २–० को अवस्थामा पुग्यो ।

खेलको सुरुदेखि नै नव जनजागृति युवा क्लब सिमरा पुलिसको अगाडि निरिह देखियो । र, अन्तिमसम्म पनि पुलिस हाबी भइरह्यो ।

प्रतियोगितामा दोस्रो हाफपछि पनि पुलिसको प्रहारले सिमराको गोल पोस्ट चुमिरह्यो । दोस्रो हाफको पहिलो मिनेटमै पुलिसका निरकुमार राईले गोल गरेपछि खेल ३–० को अवस्थामा पुग्यो ।

त्यसपछि ५८ औँ मिनेटमा निरकुमार राईको पासमा रविशंकर पासवाले व्यक्तिगत दोस्रो गोल गरे भने ६३ औँ मिनेटमा निरकुमार राईको कर्नर प्रहारलाई बुद्ध बल तामाङले हेडमार्फत गोल पोस्टको दिशा दिए ।

यसैबीच, नव जनजागृति क्लबका गोल रक्षक सुवास बलले पुलिसका खेलाडीको आधा दर्जन सशक्त प्रहार विफल तुल्याए । तर, पनि टिमलाई हारबाट भने जोगाउन सकेनन् ।

खेलमा नव जनजागृतिका खेलाडीले केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पुलिसको सामु नव जनजागृति युवा क्लब सिमराका खेलाडीको प्रदर्शन निकै फितलो देखियो । सिमराका खेलाडी अधिकांश समय सम्हालिएर खेल्न सकेका थिएनन् ।

जितसँगै नेपाल पुलिसले चैत ६ गते हुने क्वाटरफाइनल खेलमा सुदूरपश्चिम–११ धनगढीसगँ प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै शुक्रबारको खेलमा न्युरोड टिम एनआरटि र केविए ग्लोबल बीएफसी चितवन भिड्दै छन् ।

जारी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले राजर्षि जनक कप १० लाख १ हजार र उपविजेताले सिल्ड र ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : ३१ बजे

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,