राजर्षि जनक कप फुटबल: नेपाल पुलिसको जित | Khabarhub Khabarhub

राजर्षि जनक कप फुटबल: नेपाल पुलिसको जित


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपाल पुलिसले फराकिलो जित निकालेको छ ।

बागमती नगरपालिका–११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा भएको खेलमा नेपाल पुलिसले नवजनजागृति क्लब सिमरालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको २० औँ मिनेटमा फ्रिकिकमार्फत् गोल गर्दै पुलिसका लागि सौजन राईले खाता खोले । डिबक्सनजिकै सिमराका खेलाडीले फउल गरेपछि पुलिसले फ्रिकिकको मौका पाएको थियो ।

सोही अवसरलाई राईले कुनै गल्ती नगरी सदुपयोग गरे । यस्तै खेलको २८ औँ मिनेटमा पुलिसका कप्तान जुमनु राईको पासलाई रबी शंकर पासवानले गोल पोस्टको दिशा दिन सफल भएसँगै पुलिस खेलको पहिलो आफमा २–० को अवस्थामा पुग्यो ।

खेलको सुरुदेखि नै नव जनजागृति युवा क्लब सिमरा पुलिसको अगाडि निरिह देखियो । र, अन्तिमसम्म पनि पुलिस हाबी भइरह्यो ।

प्रतियोगितामा दोस्रो हाफपछि पनि पुलिसको प्रहारले सिमराको गोल पोस्ट चुमिरह्यो । दोस्रो हाफको पहिलो मिनेटमै पुलिसका निरकुमार राईले गोल गरेपछि खेल ३–० को अवस्थामा पुग्यो ।

त्यसपछि ५८ औँ मिनेटमा निरकुमार राईको पासमा रविशंकर पासवाले व्यक्तिगत दोस्रो गोल गरे भने ६३ औँ मिनेटमा निरकुमार राईको कर्नर प्रहारलाई बुद्ध बल तामाङले हेडमार्फत गोल पोस्टको दिशा दिए ।

यसैबीच, नव जनजागृति क्लबका गोल रक्षक सुवास बलले पुलिसका खेलाडीको आधा दर्जन सशक्त प्रहार विफल तुल्याए । तर, पनि टिमलाई हारबाट भने जोगाउन सकेनन् ।

खेलमा नव जनजागृतिका खेलाडीले केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पुलिसको सामु नव जनजागृति युवा क्लब सिमराका खेलाडीको प्रदर्शन निकै फितलो देखियो । सिमराका खेलाडी अधिकांश समय सम्हालिएर खेल्न सकेका थिएनन् ।

जितसँगै नेपाल पुलिसले चैत ६ गते हुने क्वाटरफाइनल खेलमा सुदूरपश्चिम–११ धनगढीसगँ प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै शुक्रबारको खेलमा न्युरोड टिम एनआरटि र केविए ग्लोबल बीएफसी चितवन भिड्दै छन् ।

जारी प्रतियोगिताको फाइनल खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले राजर्षि जनक कप १० लाख १ हजार र उपविजेताले सिल्ड र ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : ३१ बजे

दलहरूले निर्मम समीक्षा गर्नुपर्छ : उपसभापति खड्का

कर्णाली– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अब राजनीतिक दलहरूले निर्मम

समावेशी व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड

काठमाडौं–  राष्ट्रिय दलित आयोगले जनसङ्ख्याको अनुपातमा राज्यका निकायमा दलितको सहभागिता

भारतद्वारा स्वदेशी तेजस लडाकु विमानका लागि ७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर

एजेन्सी– भारतले बिहीबार स्वदेशी डिजाइनमा निर्मित ९७ तेजस लडाकु विमानहरूका

जेन-जी आन्दोलन : मृतक नेपाली नागरिकका परिवारलाई जनही १५ लाख निकासा गरिने

काठमाडौं- सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भई पहिचान खुलेका नेपाली