यू-१८ महिला साफ च्याम्पियनसिप: बंगलादेशबाट नेपाल पराजित | Khabarhub Khabarhub

यू-१८ महिला साफ च्याम्पियनसिप: बंगलादेशबाट नेपाल पराजित


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यू १८ महिला साफ च्याम्पियनसिपअन्तर्गत आजको खेलमा नेपाल बंगलादेशसँग ४–२ गाेलले पराजित भएको छ ।

भारतको जम्सेदपुरमा भएको खेलको पहिलो मिनेटमै अफिदा खानदकेरले हेडमार्फत् गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

३० औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३ औँ मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् । यस्तै, ३५ औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।

खेलको ४२ औँ मिनेटमा साहदा अख्तर रिपाले गोल गरेपछि बंगलादेश ४–१ को अग्रता बनाएको थियो ।

इन्जुरी समयमा अमिषा कार्कीले गोल गरे पनि नेपाल खेलमा फर्किन सकेन ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० ले पराजित भएको थियो ।

लिगको तेस्रो खेलमा नेपालले चैत ६ गते भारत र अन्तिम खेलमा आठ गते बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

डबल राउन्ड रोविन लिगअनुसार चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता छ । लिगमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : २३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र