यू-१८ महिला साफ च्याम्पियनसिप: बंगलादेशबाट नेपाल पराजित « Khabarhub

यू-१८ महिला साफ च्याम्पियनसिप: बंगलादेशबाट नेपाल पराजित


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यू १८ महिला साफ च्याम्पियनसिपअन्तर्गत आजको खेलमा नेपाल बंगलादेशसँग ४–२ गाेलले पराजित भएको छ ।

भारतको जम्सेदपुरमा भएको खेलको पहिलो मिनेटमै अफिदा खानदकेरले हेडमार्फत् गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

३० औँ मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३ औँ मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् । यस्तै, ३५ औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।

खेलको ४२ औँ मिनेटमा साहदा अख्तर रिपाले गोल गरेपछि बंगलादेश ४–१ को अग्रता बनाएको थियो ।

इन्जुरी समयमा अमिषा कार्कीले गोल गरे पनि नेपाल खेलमा फर्किन सकेन ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० ले पराजित भएको थियो ।

लिगको तेस्रो खेलमा नेपालले चैत ६ गते भारत र अन्तिम खेलमा आठ गते बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

डबल राउन्ड रोविन लिगअनुसार चल्ने प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीको सहभागिता छ । लिगमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : २३ बजे

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

जनकपुरधाम– मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति