चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिता: त्रिभुवन आर्मी क्लब प्रथम « Khabarhub

चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिता: त्रिभुवन आर्मी क्लब प्रथम


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रथम चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिताकाे पुरुषतर्फ त्रिभुवन आर्मी क्लब प्रथम भएको छ ।

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना भएको प्रतियोगितामा एनएससीईएनएन दाेस्राे र वीआईए तेस्राे भएका छन् ।

त्यस्तै, महिलातर्फको प्रतियोगितामा डब्ल्यूडब्ल्यूबीए प्रथम, एनएससीईएसए दाेस्राे र बीआईए तेस्राे भएका छन् । विजयी टिमलाई चाँगुनारायण नगरपालिकाका उपमेयर बीना बाँस्तोलाले नगद, शिल्ड तथा प्रमाणपत्र हस्तान्तरण गरिन् । प्रतियोगितामा पुरुषतर्फ सात टिम र महिलातर्फ चार टिम सहभागी थिए ।

चाँगुनारायण नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले सहयोग गरेको थियो । नेकले बास्केट बल कोर्ट, खानेपानीलगायतका आवश्यक सम्पूर्ण सहयाेग गरेको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले गरेका थिए ।

उद्घाटन कार्यक्रममा चाँगुनारायण नगरपालिका उपप्रमुख बीना बाँस्तोला, नेपाल इन्जिनियरिङ्ग कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठ, अपाङ्गता भएका महिलाहरूको महासंघकी अध्यक्ष निर्मला धिताल, नेपाल महिला संघका महासचिव मिना पौडेल, मेरुदण्ड पक्षघात समूहका महासचिव केशव थापा, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका काउन्सुलर ऋषि ढकाल, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका निवर्तमान अध्यक्ष बाबुराम मिश्र, सैनिक पुनर्स्थापना केन्द्र स्वयम्भूका सेनानी (मेजर) सुरजराज सिमखडालगायत सहभागी थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : १७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको