चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिता: त्रिभुवन आर्मी क्लब प्रथम | Khabarhub Khabarhub

चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिता: त्रिभुवन आर्मी क्लब प्रथम


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– प्रथम चाँगुनारायण ह्वीलचियर बास्केटबल प्रतियोगिताकाे पुरुषतर्फ त्रिभुवन आर्मी क्लब प्रथम भएको छ ।

नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघको आयोजना भएको प्रतियोगितामा एनएससीईएनएन दाेस्राे र वीआईए तेस्राे भएका छन् ।

त्यस्तै, महिलातर्फको प्रतियोगितामा डब्ल्यूडब्ल्यूबीए प्रथम, एनएससीईएसए दाेस्राे र बीआईए तेस्राे भएका छन् । विजयी टिमलाई चाँगुनारायण नगरपालिकाका उपमेयर बीना बाँस्तोलाले नगद, शिल्ड तथा प्रमाणपत्र हस्तान्तरण गरिन् । प्रतियोगितामा पुरुषतर्फ सात टिम र महिलातर्फ चार टिम सहभागी थिए ।

चाँगुनारायण नगरपालिकाको सहयोगमा भएको प्रतियोगितामा नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायण भक्तपुरले सहयोग गरेको थियो । नेकले बास्केट बल कोर्ट, खानेपानीलगायतका आवश्यक सम्पूर्ण सहयाेग गरेको थियो ।

यसअघि प्रतियोगिताको उद्घाटन चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले गरेका थिए ।

उद्घाटन कार्यक्रममा चाँगुनारायण नगरपालिका उपप्रमुख बीना बाँस्तोला, नेपाल इन्जिनियरिङ्ग कलेजका प्राचार्य हरिकृष्ण श्रेष्ठ, अपाङ्गता भएका महिलाहरूको महासंघकी अध्यक्ष निर्मला धिताल, नेपाल महिला संघका महासचिव मिना पौडेल, मेरुदण्ड पक्षघात समूहका महासचिव केशव थापा, स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्रका काउन्सुलर ऋषि ढकाल, नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघका निवर्तमान अध्यक्ष बाबुराम मिश्र, सैनिक पुनर्स्थापना केन्द्र स्वयम्भूका सेनानी (मेजर) सुरजराज सिमखडालगायत सहभागी थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : १७ बजे

यसरी मनाइयो धनवन्तरी जयन्ती

काठमाडौं– प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने आयुर्वेदका प्रवर्तक धनवन्तरी

गृहले प्रजिअहरूलाई भन्यो : देशमा सुरक्षा चुनौती बढेको छ, सीमाक्षेत्रमा पनि सतर्क रहनू

काठमाडौं- गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आइतबार ६२ बुँदे

गृह मन्त्रालयद्वारा शान्ति सुरक्षा कायम गर्न निर्देशन

काठमाडौं– गृह मन्त्रालयले शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन र प्रभावकारी

‘समस्या समाधान गर्न राजसंस्थालगायत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक’

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न