काठमाडौंमा ९ हजार ६१४ मतसहित बालेन अगाडि « Khabarhub

काठमाडौंमा ९ हजार ६१४ मतसहित बालेन अगाडि


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन्। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेनले मंगलबार बिहान अग्रता थप बढाएका छन्।

पछिल्लो मत परिणाम अनुसार उनले ९ हजार ६१४ मत पाएका छन्। उनी कंग्रेस र एमालेका प्रतिस्पर्धी भन्दा दोब्बर मतले अगाडि छन्। एमालेका केशव स्थापितले पाँच हजार १०४ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले चार हजार ४८३ मत पाएकी छन्।

मतगणनाको सुरुदेखि नै अग्रता लिएका बालेनले त्यसलाई कायम राखेका हुन्। अहिलेसम्म काठमाडौं महानगरको वडा नं १ र २ को नतिजा सार्वजनिक भइसकेको छ भने ३,४, ३१ र ३४ नम्बर वडाको मतगणना जारी छ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : ३७ बजे

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा