एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा मदन-आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त « Khabarhub

एकीकृत समाजवादीका अध्यक्ष नेपालद्वारा मदन-आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, सिद्धान्तकार, लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनको नेतृत्वकर्ता भएको बताएका छन् ।

भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद (जबज)को प्रतिपादन गरेर विश्वभर रक्षात्मक अवस्थामा पुगेको कम्युनिष्ट आन्दोलनलाई मुलुकमा सर्वाधिक लोकप्रिय र बलशाली बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै विज्ञप्तिमा कुशल सङ्गठक कमरेड जीवराज आश्रितले पार्टीको विधान, विधि, सिद्धान्त, नीति र आदर्शअनुरुप सङ्गठन निर्माणमा अतुलनीय भूमिका निर्वाह गरेको भनिएको छ ।

पुष्पलालले कोरेको जनवादी क्रान्तिको रूपरेखालाई उत्तराधिकार ग्रहण गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यस क्रान्तिलाई उच्चतम लक्ष्यसम्म पुर्‍याउने सङ्कल्प लिएको उल्लेख गरिएको विज्ञप्तिमा दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र व्यक्तिवादी अहङ्कारका विरुद्ध विद्रोह गरेर हामीले पार्टी पुनःगठन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरेको उल्लेख गरिएको छ ।

नेपाली समाजको क्रान्तिकारी रुपान्तरण गर्ने उद्देश्यले समाजमा भएका शोषण, दमन र निरकुंशतासँग जुधेर लोकतन्त्रका मूल्य–मान्यता स्थापित गर्न अहिले पार्टी लागिपरेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी संरचना र पार्टी आबद्ध जनसङ्ठनहरूलाई सामाजिक–आर्थिक रूपान्तरण र आर्थिक समृद्धिको कार्यदिशा अनुकूल व्यवस्थित गर्ने तथा सम्बन्धित भौगोलिक क्षेत्र र समुदायको सरोकारका सामाजिक–आर्थिक प्रश्न, विकास निर्माण या उत्पादनसँग जोडिएका विषयलाई समेट्दै आर्थिक उत्पादनका ठोस योजना बनाउने र जनतालाई गोलबन्द गर्दै नेपालमा समाजवादको नयाँ मोडेल निर्माण गर्न चाहेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : ५४ बजे

बागमती किनाराका अतिक्रमित बस्ती हटाउने अभियान तीव्र, दुई हजार संरचना हटाइयो

काठमाडौं – काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारामा रहेका अतिक्रमित

रास्वपाको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वा)को सचिवालय बैठक आइतबारका लागि बोलाइएको

सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण

जुम्ला– जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुईवटा

इरान–युद्धको असरले साउदीमा मदिरा आपूर्तिमा कमी

रियाद– इरानसँग जारी तनाव र युद्धको प्रभाव साउदी अरबसम्म पुगेपछि

रास्वपाद्वारा थवाङ जीप दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यही वैशाख १७ गते रुकुम