‘नेपाल ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु « Khabarhub

‘नेपाल ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा भिन्न भिन्न विधाका ट्यालेन्टलाई खोजिने भएको छ ।

विभिन्न प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको ‘नेपाल ट्यालेन्ट हन्ट’को डिजिटल अडिसन सुरु भएको छ ।

सोमा भाग लिन चाहनेले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने छन् । यस रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी आदि विधामा आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने आयोजकले जनाएको छ ।

अडिसनमा सहभागी हुन चाहने प्रतियोगीले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियोमा आफ्नो प्रतिभा पठाउनुपर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमशः आफूलाई अब्बल साबित गर्दै लैजानुपर्नेछ ।

निर्णायकमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहनेछन् । साइना साहारा ग्रुपको प्रस्तुति यस सोका निर्माता टेकप्रसाद बास्तोला हुन् भने निर्देशकमा हरि शर्मा र प्रोग्राम हेडमा सहदेव कोइराला छन् ।

सोमा विजेता हुने प्रतियोगीले पचास लाख नगददेखि विभिन्न अवसर प्राप्त गर्नेछ । सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले भने फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा अवसर पाउनेछ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ०० बजे

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको