काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी « Khabarhub

काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले चार हजार ५६८ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जितेन्द्रमान तामाङले छ हजार ९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना कुमारी श्रेष्ठले चार हजार २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रुद्र कोइरालाले  जानकारी दिए । 

सो पालिकाको वडा नं १ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका लेखबहादुर श्रेष्ठ, वडा नं २ मा नेपाली कांग्रेसका सुजन भण्डारी, वडा नं ३ मा नकेपा एमालेका ज्ञानबहादुर तामाङ, वडा नं ४ मा नेकपा एमालेका लोकबहादुर कुँवर, वडा नं ५ मा नेपाली कांग्रेसका अञ्चलकुमार मोक्तान, वडा नं ६ मा नेकपा एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ मा एमालेकै रमेशराज खरेल, वडा नं ८ मा नेकपा एकीकृत समाजवादीका मोतीलाल तामाङ, वडा नं ९ मा कांग्रेसका दलबहादुर तामाङ र वडा नं १० मा नेकपा एमालेका केशरमान लामा विजयी भएका छन् ।

जिल्लाका अन्य पालिकामा मतगणना जारी छ । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : २५ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ