म्याकडोनल्ड्सद्वारा रुसमा सधैँका लागि व्यापार बन्द « Khabarhub

म्याकडोनल्ड्सद्वारा रुसमा सधैँका लागि व्यापार बन्द


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनल्ड्सले रुसमा आफ्नो व्यापार सधैँका लागि बन्द गरेको घोषणा गरेको छ ।

कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार युक्रेन युद्धका कारण सिर्जित ‘मानवीय संकट’ तथा ‘अनपेक्षित काम गर्ने वातावरण’ का यस्तो निर्णय लिइएको हो ।

यसअघि गत मार्च महिनामा कम्पनीले छोटो समयका लागि भन्दै ८५० वितरण केन्द्र बन्द गरेको जनाएको थियो ।

‘यो निकै जटिल विषय हो यति ठूलो परिणामसहित यसअघि यस्तो कहिल्यै भएको थिएन’ कम्पनीका प्रमुख कार्यकारी क्रिस कम्पस्जिन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्याकडोनल्ड्सले अब आफ्ना सबै व्यापारिक संरचनालाई स्थानीय खरिदकर्तालाई बेच्ने जनाएको छ । यद्यपि कम्पनीले रुसमा आफ्नो ट्रेडमार्क भने सुरक्षित राख्नेछ ।

कम्पनीले रुसमा कार्यरत आफ्ना ६२ हजार कामदारको भविष्यप्रति ढुक्क हुन चाहेको जनाएको छ । यसका लागि केही बिक्री नहुन्जेलसम्म पारिश्रमिक दिइरहने कम्पनीले जनाएको छ ।

यसबाहेक सम्भावित खरिदकर्ताले ती कामदारहरुको भविष्यको रोजगारीको व्यवस्था गर्नका लागि पहल गर्ने समेत म्याकडोनल्ड्सले जनाएको छ ।

म्याकडोनल्ड्स कम्पनीले ३० वर्षदेखि लगातार रुसमा व्यापार गर्दै आएको थियो । सर्वप्रथम तत्कालीन सोभियत संघको राजधानी मस्कोमा सन् १९९० मा स्थापित म्याकडोनल्ड्सले शीत युद्धमा सांकेतिक छाप छाडेको बताइन्छ ।

त्यसको एक वर्षपछि सोभियत संघ विघटन हुन पुगेको थियो ।

केही समयअघिमात्र रुसले फ्रान्सेली कार कम्पनी रेनोलाई राष्ट्रियकरण गर्ने घोषणा गरेको थियो ।

म्याकडोनल्ड्सले पनि रुसमा आफ्ना व्यापार सधैँका लागि बन्द गर्ने घोषणालाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : ४३ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै