म्याकडोनल्ड्सद्वारा रुसमा सधैँका लागि व्यापार बन्द « Khabarhub

म्याकडोनल्ड्सद्वारा रुसमा सधैँका लागि व्यापार बन्द


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनल्ड्सले रुसमा आफ्नो व्यापार सधैँका लागि बन्द गरेको घोषणा गरेको छ ।

कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार युक्रेन युद्धका कारण सिर्जित ‘मानवीय संकट’ तथा ‘अनपेक्षित काम गर्ने वातावरण’ का यस्तो निर्णय लिइएको हो ।

यसअघि गत मार्च महिनामा कम्पनीले छोटो समयका लागि भन्दै ८५० वितरण केन्द्र बन्द गरेको जनाएको थियो ।

‘यो निकै जटिल विषय हो यति ठूलो परिणामसहित यसअघि यस्तो कहिल्यै भएको थिएन’ कम्पनीका प्रमुख कार्यकारी क्रिस कम्पस्जिन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

म्याकडोनल्ड्सले अब आफ्ना सबै व्यापारिक संरचनालाई स्थानीय खरिदकर्तालाई बेच्ने जनाएको छ । यद्यपि कम्पनीले रुसमा आफ्नो ट्रेडमार्क भने सुरक्षित राख्नेछ ।

कम्पनीले रुसमा कार्यरत आफ्ना ६२ हजार कामदारको भविष्यप्रति ढुक्क हुन चाहेको जनाएको छ । यसका लागि केही बिक्री नहुन्जेलसम्म पारिश्रमिक दिइरहने कम्पनीले जनाएको छ ।

यसबाहेक सम्भावित खरिदकर्ताले ती कामदारहरुको भविष्यको रोजगारीको व्यवस्था गर्नका लागि पहल गर्ने समेत म्याकडोनल्ड्सले जनाएको छ ।

म्याकडोनल्ड्स कम्पनीले ३० वर्षदेखि लगातार रुसमा व्यापार गर्दै आएको थियो । सर्वप्रथम तत्कालीन सोभियत संघको राजधानी मस्कोमा सन् १९९० मा स्थापित म्याकडोनल्ड्सले शीत युद्धमा सांकेतिक छाप छाडेको बताइन्छ ।

त्यसको एक वर्षपछि सोभियत संघ विघटन हुन पुगेको थियो ।

केही समयअघिमात्र रुसले फ्रान्सेली कार कम्पनी रेनोलाई राष्ट्रियकरण गर्ने घोषणा गरेको थियो ।

म्याकडोनल्ड्सले पनि रुसमा आफ्ना व्यापार सधैँका लागि बन्द गर्ने घोषणालाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : ४३ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा गृह मन्त्रालय संवेदनशील

इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै

इन्डोनेसिया – शक्तिशाली भूकम्पमा परी कम्तीमा ७१ जनाको मृत्यु र

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको