जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शाही निर्वाचित « Khabarhub

जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा कांग्रेसका शाही निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– जाजरकोटको शिवालय गाउँपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार शेरबहादुर शाही र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गीता कुमारी शाही निर्वाचित भएका छन् ।

मतगणनाको अन्तिम परिणामअनुसार शाहीले तीन हजार ३०३ मत ल्याउँदा नेकपा एमालेका रंगनाथ योगीले दुई हजार ७१८ मत ल्याएका छन् । उनीहरूबीच ५८५ को मतान्तर रहेको शिवालय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसैगरी उपप्रमुखमा सत्ता गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्रका गीता शाहीले एमालेकी नैनसरा शाहीलाई २४० मतको फराकिलो अन्तरले उछिनेकी छन् । 

माओवादी केन्द्रका शाहीले दुई हजार ६५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले दुई हजार ४२९ मत मात्रै प्राप्त गरेकी हुन् । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ४५ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै