काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ उम्मेदवारले एक मत पनि पाएनन् « Khabarhub

काठमाडौं महानगरमा २६ हजार मत गन्दा मेयरका १९ उम्मेदवारले एक मत पनि पाएनन्


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिको मेयर पदका लागि ५५ जना चुनावी मैदानमा छन् । मतगणना जारी रहँदा लौरो चुनाव चिन्हसहित बालेन साह सबैभन्दा अगाडि छन् । २६ हजार ३१९ मतगणना भइसक्दा साहले १००३४ मत पाएका छन् । उनलाई पछ्याइरहेका एमालेका केशव स्थापित पाँच हजार ४४५ मत पाएका छन् । मेयरमा उम्मेदवारी दिएका ५५ जनामध्ये १९ उम्मेदवारले एक मत पनि पाउन सकेका छैनन् । 

एक मत पनि नपाउनेमा स्वतन्त्रसँगै विभिन्न राजनीतिक दलका उम्मेदवार पनि छन् । राष्ट्रिय यथार्थवादी पार्टी, नेपालका आनन्दराज जोशी, नेपाल जनता पार्टीकी सरिता घिमिरेलगायतले एक मत पनि पाउन सकेका छैनन् । 

त्यस्तै स्वतन्त्र उम्मेदवारहरू स्वइट थापा, बच्पनराज श्रेष्ठ, इन्द्रमणि कपाली, शैलेन्द्रमान श्रेष्ठ, उमेशकुमार सिंह, महेन्द्र प्रजापति, विपीनराज वैद्य, रजितमान शाक्य, न्हुज मानन्धर, प्रणेशबहादुर मल्ल, किरण रंजित, सूर्य थापा (श्रेष्ठ), रोशन शाही, मिनकान्त पाण्डे, जेठा महर्जन, मनिस श्रेष्ठ र सुनिल श्रेष्ठले एक मत पनि पाउन सकेका छैनन् । 

उम्मेदवारी दिएकामध्ये नाै जना उम्मेदवारले एक मत मात्र पाएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुरज श्रेष्ठले एक मत पाएका छन् । त्यस्तै मौलिक जरोकिलो पार्टीका मनोजराज आचार्य, आधुनिक नेपाल समाजवादी पार्टीका सुरेशरत्न बज्राचार्य, स्वतन्त्र उम्मेदवार राजन कार्की, रविकान्त मानन्धर, कान्ति तुलाधार (बज्राचार्य), शैलेश ढुंगाना, दिपक सिलवाल र विनय स्थापितले एक मत मात्र पाएका छन् । 

त्यस्तै उपमेयरतर्फ पनि पाँचजना उम्मेदवारले एक पनि पाउन सकेका छैनन् । तीनजनाले एक मत पाएका छन् । खाता पनि खोल्न नसक्नेमा स्वतन्त्र उम्मेदवारहरू नरेन्द्रमान डंगोल, रन्जन डंगोल, आशीषचन्द्र तुलाधर, रवि नापित र अम्बरबहादुर खत्री छन् । आशिष महर्जन, सानु महर्जन र कृष्ण तण्डुकारले एक मत पाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ५ : ५७ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को