धनुषामा एमालेले पनि पालिका प्रमुखमा खाता खोल्यो « Khabarhub

धनुषामा एमालेले पनि पालिका प्रमुखमा खाता खोल्यो


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेकपा एमालेले पनि धनुषामा पालिका प्रमुखमा खाता खोल्न सफल भएको छ । औहरी गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार उमाशंकर साह र उपाध्यक्षका उम्मेदवार पुनम कुमारी विजयी भएका हुन् ।

उमाशंकर साहले तीन हजार ३२६ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार ब्रह्मदेव यादवले दुई हजार ९२३ मत ल्याएका छन् । 

त्यसैगरी, कांग्रेसका उपाध्यक्ष उम्मेदवार रिंकी कुमारी मण्डलले दुई हजार ७९० मत ल्याएका हुन् भने एमालेका उपाध्यक्ष उम्मेदवार पुनम कुमारी साह दुई हजार ९४९ मत ल्याएर मण्डललाई पराजित गरेकी हुन् ।

नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार यादव यसअघि सो पालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । योसँगै नेकपा एमालेले पनि पालिका प्रमुख धनुषामा खाता खोल्न सफल भएको छ । 

यस नेपाली कांग्रेस धनौजी र लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् भने जसपाका उम्मेदवार जनकनन्दनी गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : ३४ बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ