झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष « Khabarhub

झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् । 

सत्तारुढ गठबन्धनका उम्मेदवार जीत बहादुर राईलाई पराजित गर्दै एमालेका उम्मेदवार कुशबहादुर थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धन दलहरूको तर्फबाट माइजोगमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका जीत बहादुर राई उम्मेदवार बनेका थिए । 

थेबेले पाँच हजार १५३ मत प्राप्त गर्दा राईले चार हजार ९१३ मत पाएका छन् । राईले २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका थिए । एमाले विभाजन पछि उनी नेकपा एसमा लागेका थिए । 

उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी प्रविना राई निर्वाचित भएकी छिन् । उनले एमालेकी उम्मेदवार सावित्रा भट्टराईलाई पराजित गरिन् । राईले पाँच हजार १५९ मत पाउँदा भट्टराईले भने चार हजार ८८३ मत पाएकी छिन् । भट्टराईले पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी थिइन् ।

माइजोगमाई गाउँपालिका ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेश सोङ्मी लिम्बु निर्वाचित भएका छन् । उनले ७५० मत पाउँदा काँग्रेसका भोगेन्द्र थेवेले ६८१ मत पाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ०८ बजे

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ