बलात्कारको आरोप लागेका सिद्धबाबालाई सफाइ दिने फैसला उच्च अदालतले गर्‍यो बदर « Khabarhub

बलात्कारको आरोप लागेका सिद्धबाबालाई सफाइ दिने फैसला उच्च अदालतले गर्‍यो बदर


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आफ्नै अनुयायीलाई करणी गरेको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा) लाई सफाइ दिने फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ ।

मंगलबार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो ।

जिल्ला अदालत सुनसरीबाट उनलाई सफाइ दिइएको फैसलालाई बदर गर्दै पुनः प्रमाण हेरेर पुनः फैसला गर्न आदेश दिएको हो ।

वि.सं. २०७७ मंसिर २२ गते सिद्दबाबालाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो । जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले उनलाई सहमतिमा भएको यौन सम्पर्कलाई बलात्कार भन्न नमिल्ने भन्दै फैसला सुनाएको थियो ।

जिल्ला अदालतको यो फैसलापछि पीडित महिला उच्च अदालत गएकी थिइन् ।

पीडित महिलाले २०७६ कार्तिक ४ गते सिद्दबाबाले आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । उनले आफूले गुरु मानेका सिद्दबाबाले राति बलात्कार गरेको दाबी गरेकी थिइन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ११ : १८ बजे

कांग्रेसका खड्का र एमालेकी शर्मा रिहाइको मागसहित दायर भयो बन्दीप्रत्यक्षीकरण रिट

काठमाडौं– पूर्व ऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का र

सरुवा भएको ठाउँमा नजाने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रीको चेतावनी : मार्ग प्रशस्त गर्नू

काठमाडौँ- सामान्य प्रशासन मन्त्रालयले सरुवा तथा काजमा खटाएको कार्यालयमा जान

इनिशा विक बलात्कार प्रकरण : चार बालक पुर्पक्षका लागि जेल चलान

काठमाडौँ – सुर्खेत जिल्ला अदालतले इनिशा विक मृत्यु प्रकरणमा जोडिएका

आजका समाचार : सांसदहरूसँग व्यस्त प्रधानमन्त्री, कांग्रेसमा चर्किँदै द्वन्द्व, एमालेले थप आन्दोलन गर्ने र मध्यपूर्व तनाव झन चुलिँदै

प्रधानमन्त्री बालेन्द्रको सचिवालयमा छरितो टिम, मुख्य सल्लाहकारसहित २५ जनामात्रैप्रधानमन्त्री बालेन्द्र

स्वास्थ्य मन्त्रालयद्वारा १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज फिर्ता