चीनप्रति लक्षित गर्दै अमेरिकी सहायक विदेशमन्त्रीले भने- 'अनावश्यकरुपमा एसपीपी उचाल्यो' | Khabarhub Khabarhub

चीनप्रति लक्षित गर्दै अमेरिकी सहायक विदेशमन्त्रीले भने- ‘अनावश्यकरुपमा एसपीपी उचाल्यो’


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टेक्सास– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनप्रति लक्षित गर्दै नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीसी) लाई चर्काउनुमा चीनको हात रहेको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा रहेका प्रवासी नेपालीहरूसँग अमेरिकाको ड्यालसमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लुले नेपालमा चीनले अमेरिकी सहायतामाथि अनावश्यक भ्रम फैलाइरहेको बताए। लुले भने, ‘एमसीसी र एसपीपीको विरोधका पछाडि नेपालकै ठूलो छिमेकीको हात छ।’

उनले एसपीपी नेपाली सेनासँगको नियमित र सामान्य सहयोग कार्यक्रम मात्र रहेको बताउँदै उनले यसमा एमसीसीसँग कुनै साइनो नरहेको बताए।

लुले चीनप्रति लक्षित गर्दै नेपालमा आफ्नो एकल प्रभुत्व कायम गर्न अमेरिकी सहयोग र परियोजनाप्रति आक्रोशित बन्दै आएको र भ्रम फैलाइरहेको आरोपसमेत लगाए।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : २८ बजे

संस्कृति मन्त्रीले पार्टीमा उजुरी दिएलगत्तै अदालततिर सांसद बजागाईं

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे नेपाली कांग्रेसमा

नुवाकोटकोटको माझिटारमा शीतभण्डार निर्माण

त्रिशूली– जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार

आजको कार्टुन : बाघलाई अनुहार देखाउने ऐना चाहियो

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु

धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू)

काठमाडौं- जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अभियान अझै जारी छ