विद्यालय जाँदै गर्दा खोलाले बगाएर एक शिक्षिकाको मृत्यु « Khabarhub

विद्यालय जाँदै गर्दा खोलाले बगाएर एक शिक्षिकाको मृत्यु


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशूली- नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको आज विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ ।

तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढ्नु भएको स्कुटर दुर्घटना भई भिरबाट खस्दा तादी खोलाले बगाएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेकी बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भई भिरबाट खसेर तादी खोलामा पुगेर बगाउँदा शिक्षिका आचार्यको मृत्यु भएको हो ।

घटनास्थलभन्दा ५०० मी. तलबाट उद्धार गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । उनी उक्त विद्यालयमा निमावि तहमा स्थायी शिक्षकका रूपमा कार्यरत थिइन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ३७ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा