निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न माग « Khabarhub

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्न माग


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– बहुचर्चित बहुप्रतिक्षित बारास्थित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अविलम्ब सुरु गर्नुपर्ने भन्दै सरोकारवालाले दबाब सिर्जना गर्दै आएका छन् । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न स्थान परिवर्तन गर्न आएको अदालतको सो निर्णयप्रति असहमति राख्दै उक्त निर्णय अविलम्ब सच्याउन सरोकारवालाले जोडदार माग गर्दै आएका छन् ।

विमानस्थल निर्माण गर्न माग गर्दै सरोकारवालाले कहिले विरोध प्रदर्शन, कहिले सडक अवरुद्ध, सडकमै मानव साङ्लो प्रदर्शन, राजमार्गमा रिले अनशन, प्रधानमन्त्रीलगायत विभिन्न दलका शीर्ष नेतासँग भेटी निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नेबारे ज्ञापनपत्र बुझाउने लगायतका क्रियाकलाप जारी राखेका छन् । साथै अझै पनि निरन्तर विभिन्न दबाबमूलक कार्य गर्दै जाने निजगढ सार्वजनिक सरोकार समितिका अध्यक्ष एकबहादुर श्रेष्ठले बताएका छन् 

मुलुकको सम्भावित स्थानमा सर्वे गरी हरेक दृष्टिकोणले निजगढमा विमानस्थल बनाउन देशी विदेशी विज्ञसहितको सर्वे टोलीले उपयुक्त हुने प्रतिवेदन बुझाएसँगै ढिलै भए पनि यहाँ विमानस्थल निर्माणका प्रारम्भिक चरणका कार्य हुँदै आइरहेका थियो  । विमानस्थल निर्माण  हुनुपर्ने पक्षधरले उक्त निर्णय समग्र मुलुकको आर्थिक समृद्धि भन्दा बाहिर भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न जोडदार माग गर्दै आएका छन् ।  

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ४२ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित