जिसस मनाङ प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित | Khabarhub Khabarhub

जिसस मनाङ प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा एमालेका चिनबहादुर घले र उपप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया बिक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन् । 

महिला सदस्यमा एमालेकी लक्ष्मी गुरुङ, एमालेकी सुस्मिता सिन्चौरीकांग्रेसकी राधा बराल विश्वकर्मा निर्वाचित भएकी छन् । अल्पसंख्यकमा नेपाली कांग्रेसका ग्याम्जो घले निर्वाचित भएका छन् । जिसस मनाङको निर्वाचनबारे बुधबार संघीय सांसद पोल्देन छोपाङ गुरुङ, पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ, निवर्तमान जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घले, पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवं  प्रतिनिधिको रोहबरमा गोलाप्रथाबाट प्रमुख र उपप्रमुख छानिएको थियो ।

निर्णय अनुसार गोलाप्रथाबाट प्रमुख पर्नेले  ३ सदस्य तथा  उपप्रमुख पर्नेले ४ सदस्य पाउने सहमति भएको थियो । सोही अनुसार नेकपा एमालेले प्रमुख र ३ सदस्य र गठबन्धन दलले उपाध्यक्ष र ४ सदस्य पाएको पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताए ।

जिल्लास्थित राजनीतिक दलबीच भएको सहमति अनुसार बिहीबार मनोनयन  दर्ता गरिएको  थियो । सबै पदमा एकल उम्मेदवारी परेको थियो ।  बुधबार गोलाप्रथाबाट प्रमुख र उपप्रमुखको नाम छानिएको मनाङ कांग्रेसका सचिव सुरेन्द्र गुरुङले बताए  । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ३५ बजे

एक खेल अगावै अस्ट्रेलियाविरूद्धको सिरिज भारतलाई

रैपुर– अस्ट्रेलियाविरुद्धको पाँच खेलको टी–२० आई सिरिज भारतले जितेको छ

रास्वपामा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू

प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या : मुख्यमन्त्री यादव

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा

इरानी प्रतिनिधिद्वारा कोप–२८ सम्मेलनमा इजरायलको उपस्थितिको विरोध

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) मा भएको संयुक्त राष्ट्रसङ्घीय

अस्थायी आवासका लागि २४ करोड निकासा

काठमाडौं –जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको अस्थायी आवास निर्माणका