महिला हिंसा अन्त्यको माग गर्दै पोखराबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र | Khabarhub Khabarhub

महिला हिंसा अन्त्यको माग गर्दै पोखराबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- देशमा भइरहेको महिला हिंसाको घटना न्यूनीकरणका लागि पोखराबाट मानव अधिकारकर्मीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरूले महिला हिंसाका घटनालाई अधिकतम दण्डको व्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार ६ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा कुमारी आमा निहारिका राजपुतको मागलाई तत्काल सम्बोधन गरिनुपर्ने, जबरजस्ती करणीका मुद्दामा हद म्यादको मापदण्ड हटाइनुपर्ने, हिंसा प्रभावितहरूलाई न्यायको सुनिश्चितता गरिनुपर्ने, पीडकलाई कानुनको दायरामा ल्याउनुपर्ने, गण्डकी प्रदेशमा निर्माण भएको सुरक्षा गृहलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने र ग्रामीण स्तरसम्म कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिएको शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले बताइन् ।

मानवअधिकार कर्मीहरूले शुक्रबार पोखरा सहिद चोकमा १ घण्टा धर्ना दिएका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ५६ बजे

आज शतबीज छरिँदै : यस्तो छ बाला चतुर्दशीसँग जोडिएको कथा

काठमाडौं – प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो।

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म