महिला हिंसा अन्त्यको माग गर्दै पोखराबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र « Khabarhub

महिला हिंसा अन्त्यको माग गर्दै पोखराबाट प्रधानमन्त्रीलाई ज्ञापन पत्र


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- देशमा भइरहेको महिला हिंसाको घटना न्यूनीकरणका लागि पोखराबाट मानव अधिकारकर्मीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यमार्फत उनीहरूले महिला हिंसाका घटनालाई अधिकतम दण्डको व्यवस्था गर्न माग गरे । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की, शान्तिका लागि नागरिक समाजको सञ्जाल र गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार ६ बुँदे ज्ञापन पत्र बुझाएका हुन् ।

ध्यानाकर्षण पत्रमा कुमारी आमा निहारिका राजपुतको मागलाई तत्काल सम्बोधन गरिनुपर्ने, जबरजस्ती करणीका मुद्दामा हद म्यादको मापदण्ड हटाइनुपर्ने, हिंसा प्रभावितहरूलाई न्यायको सुनिश्चितता गरिनुपर्ने, पीडकलाई कानुनको दायरामा ल्याउनुपर्ने, गण्डकी प्रदेशमा निर्माण भएको सुरक्षा गृहलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने र ग्रामीण स्तरसम्म कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिनुपर्ने माग गरिएको शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीका संयोजक विना सिलवालले बताइन् ।

मानवअधिकार कर्मीहरूले शुक्रबार पोखरा सहिद चोकमा १ घण्टा धर्ना दिएका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ५६ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार