रूसी नागरिकले युक्रेनको भ्रमण गर्दा भिसा लिनुपर्ने | Khabarhub Khabarhub

रूसी नागरिकले युक्रेनको भ्रमण गर्दा भिसा लिनुपर्ने


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनले रूसी नागरिकले युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् ।

सन् १९९१ मा युक्रेन तत्कालिन सोभियत संघबाट स्वतन्त्र हुँदा व्यवस्था गरिएको बिना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो ।

मस्कोले युक्रेनमा आक्रमण सुरू गरेको चार महिना पुगेको छ । ‘युक्रेनले रूसी संघका नागरिकहरूका लागि भिसा व्यवस्था शुरु गरिरहेको छ,’ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत् जानकारी गराएका छन् ।

उनले भनेो, ‘सरकारले सम्भवत ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्बजनिक गर्नेछ ।’

जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रीय यर्माकले अनौपचारिकरूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए ।

उनले भने, ‘रूसले सुरु गरेको युद्धको कारण हामीले आफ्नो इलाकामा रूसी नागरिकको प्रवेशमाथिको नियन्त्रणलाई अझ प्रभावकारीे बनाउनु आवश्यक छ । सुरक्षा नै प्राथमिकता हो ।’

यी दुई छिमेकीहरूबीच करिब दुई हजार ३०० किलोमिटर लामो दुई सिमाना छ र उनीहरूबीच विस्तृतरूपमा पारिवारिक, सामाजिक तथा सांस्कृतिकरूपमा सम्बन्धहरू रहँदै आएका छन् ।

पूर्वी युक्रेनमा रूस निकट रहेका पृथकवादी र युक्रेन सरकारबीच सशस्त्र युद्ध भएको र मस्कोले सन् २०१४ मा क्राइमियन प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएपछि युक्रेनमा जाने रूसीहरूको सङ्ख्यामा तीव्र कमी आएको थियो ।

सन् २०१३ मा एक करोड असी लाख रूसीहरूले युक्रेन भ्रमण गरेका थिए तर त्यसको एक वर्षपछि त्यो सङ्ख्या घटेर २५ लाखमा झरेको युक्रेनका सीमा रक्षकहरूका प्रवक्ता एन्द्रे डेमचेन्कोले एएफपीलाई बताए ।

सन् २०२० र २०२१ सालमा कोभिड महामारीको थालनि हुँदा रुसी यात्रीहरूको संख्या वर्षमा पाँच लाखभन्दा कम रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : २६ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय