रूसी नागरिकले युक्रेनको भ्रमण गर्दा भिसा लिनुपर्ने « Khabarhub

रूसी नागरिकले युक्रेनको भ्रमण गर्दा भिसा लिनुपर्ने


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युक्रेनले रूसी नागरिकले युक्रेन प्रवेशका लागि प्रवेशाज्ञा (भिसा) लिनुपर्ने बनाएको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जानकारी गराएका छन् ।

सन् १९९१ मा युक्रेन तत्कालिन सोभियत संघबाट स्वतन्त्र हुँदा व्यवस्था गरिएको बिना भिसा एक देशबाट अर्को देश आउन जान पाउने गरी राखिएको प्रावधानलाई अन्त्य गर्दै प्रवेश अनुमति पत्र लिनुपर्ने बनाएको हो ।

मस्कोले युक्रेनमा आक्रमण सुरू गरेको चार महिना पुगेको छ । ‘युक्रेनले रूसी संघका नागरिकहरूका लागि भिसा व्यवस्था शुरु गरिरहेको छ,’ जेलेन्स्कीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत् जानकारी गराएका छन् ।

उनले भनेो, ‘सरकारले सम्भवत ‘आज’ को निर्णयमा जुलाई १, २०२२ देखि यो व्यवस्था लागू गर्ने प्रावधानलाई औपचारिक रूपमा सार्बजनिक गर्नेछ ।’

जेलेन्स्कीका ‘चिफ अफ स्टाफ’ एन्ड्रीय यर्माकले अनौपचारिकरूपमा फेब्रुअरी २४ देखि नै सुरु भएको यो प्रावधान आफ्नो देशको रक्षात्मक प्रयासलाई बलियो बनाउन राखिएको बताए ।

उनले भने, ‘रूसले सुरु गरेको युद्धको कारण हामीले आफ्नो इलाकामा रूसी नागरिकको प्रवेशमाथिको नियन्त्रणलाई अझ प्रभावकारीे बनाउनु आवश्यक छ । सुरक्षा नै प्राथमिकता हो ।’

यी दुई छिमेकीहरूबीच करिब दुई हजार ३०० किलोमिटर लामो दुई सिमाना छ र उनीहरूबीच विस्तृतरूपमा पारिवारिक, सामाजिक तथा सांस्कृतिकरूपमा सम्बन्धहरू रहँदै आएका छन् ।

पूर्वी युक्रेनमा रूस निकट रहेका पृथकवादी र युक्रेन सरकारबीच सशस्त्र युद्ध भएको र मस्कोले सन् २०१४ मा क्राइमियन प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएपछि युक्रेनमा जाने रूसीहरूको सङ्ख्यामा तीव्र कमी आएको थियो ।

सन् २०१३ मा एक करोड असी लाख रूसीहरूले युक्रेन भ्रमण गरेका थिए तर त्यसको एक वर्षपछि त्यो सङ्ख्या घटेर २५ लाखमा झरेको युक्रेनका सीमा रक्षकहरूका प्रवक्ता एन्द्रे डेमचेन्कोले एएफपीलाई बताए ।

सन् २०२० र २०२१ सालमा कोभिड महामारीको थालनि हुँदा रुसी यात्रीहरूको संख्या वर्षमा पाँच लाखभन्दा कम रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : २६ बजे

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँ : वनमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट प्रभावित

संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिल मन्त्री सोविता गौतमले संवैधानिक

ठगीमा परेका ८३६ नेपालीको उद्धार गरेका छौँ : परराष्ट्र

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा

गणेश नेपालीको मृत्युको जिम्मेवार ‘बालेन सरकार’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीलाई न्याय 

गृहमन्त्री आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोशित

काठमाडौं– गृहमन्त्री सुधन गुरुङलले आफ्नै पार्टीका सांसदप्रति पनि आक्रोश व्यक्त