खेलकुद मन्त्री गहतराज रुस भ्रमण सकेर स्वदेश फिर्ता « Khabarhub

खेलकुद मन्त्री गहतराज रुस भ्रमण सकेर स्वदेश फिर्ता


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) पाँच दिने रुस भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् ।

रुस सरकारको औपचारिक निमन्त्रणामा रुसको भ्रमणमा गएका मन्त्री गहतराज शुक्रबार बिहान स्वदेश फर्किएका हुन् । मन्त्रालयका सचिव डा। दामोदर रेग्मी सहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री गहतराज स्वदेश फर्किए लगत्तै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपस्थित संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गहतराजले भ्रमण पूर्ण रुपमा उपलब्धिमूलक भएको प्रतिक्रिया दिए ।

रुससँगको ६६ वर्ष लामो कुटनीतिक सम्वन्धमा यस भ्रमणले खेलकुद डिप्लोमेसी मार्फत थप सुदृढ र सुमधुर सम्बन्ध स्थापित हुनेमा उनले विश्वास ब्यक्त गरे । भ्रमणको क्रममा रुसका समकक्षीसँग दुइदेशीय हितको विषयमा विशेष छलफल भएको र रुसले नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको मन्त्री गहतराजले बताए ।

रुसका खेलकुद मन्त्री आलेग भासिलिभिचको विशेष निमन्त्रणामा पहिलो पटक रुसको औपचारिक भ्रमण भएका मन्त्री गहतराज र भासिलिभिचबीच नेपालको उच्च पहाडी क्षेत्रमा खेल पूर्वाधार निर्माण, खेलाडी तथा प्रशिक्षकको क्षमता अभिवृद्धि, दुवै देशबिच मैत्रीपूर्ण तथा प्रतिस्पर्धात्मक खेलहरुको आदान–प्रदान तथा नेपाली खेलाडी र विद्यार्थीलाई खेल विज्ञान पढ्नका लागि छात्रवृत्ति सहयोग लगायत विषयमा छलफल भएको थियो ।

छलफल पश्चात्  “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना” मा दुइपक्षीय सहमती समेत भएको उनले जनाए । रुस भ्रमणका क्रममा मन्त्री गहतराजले गैर आवासीय नेपाली संघ ९एनआरएन० का पदाधिकारीहरुसँग समेत भेटघाट गरेका थिए । नेपालमा लगानिको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासकालागि सरकारको साझेदार बन्न रुसमा रहेका नेपालीहरुलाई आग्रह गरेको मन्त्री गहतराजले बताए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : ५९ बजे

हर्मुजमा इरान–ओमान सहमति नजिक

एजेन्सी– इरान र ओमान हर्मुज जलघाँटी पार गर्ने जहाजका लागि

हिरोसिमाबाट आणविक हतियारविरुद्ध विश्वलाई चेतावनी

टोकियो- अमेरिकी आणविक बम आक्रमणको ८१औँ स्मृति दिवसका अवसरमा जापानको हिरोसिमा

चार अस्पताललाई शिक्षण अस्पतालका रुपमा प्रयोग गर्न स्वीकृति

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले चार वटा प्रादेशिक अस्पताललाई सहिद दशरच

विभिन्न स्थानबाट खैरो हेरोइनसहित पक्राउ

काठमाडौं– काठमाडौंलगायत विभिन्न स्थानबाट विभिन्न व्यक्तिलाई बुधबार अवैध लागूऔषध खैरो

नीति तथा कार्यक्रम तर्जुमा गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत विश्वविद्यालयका सेवा प्रवाहलाई थप प्रभावकारी,