नामिबियासँगको दोस्रो खेलमा नेपाल पराजित  « Khabarhub

नामिबियासँगको दोस्रो खेलमा नेपाल पराजित 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्डमा जारी त्रिकोणात्मक शृंखलाको तेस्रो खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको छ ।

नामिबियाले प्रस्तुत गरेको दुई सय रनको लक्ष्य पछ्याएको नेपाल ३७.५ ओभरमा मात्र एक सय ३७ रनमा सीमित भयो । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन जोड्दा ओपनर आसिफ शेखले ३२ रन जोडे । त्यस्तै आदिल आलमले २० रन जोडे । अन्य ब्याटरले सम्हालिएको प्रदर्शन गर्न सकेनन् ।

जारी शृंखलामा नेपालको यो दोस्रो हार हो । पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो । दोस्रो खेलमा भने नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।

यसअघि टस जितेर ब्याटिङका लागि आएका नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर एक सय ९९ रनको योगफल तयार पारेको थियो ।

नामिबियाका कप्तान जेरार्ड इरास्मसले ५३ रनको अर्धसतकीय इनिङ खेले । उनले ७० बलमा चार चौका र एक छक्का प्रहार गरे ।

यसबाहेक, डेविड वाइजेले ३४ डिभान ला ककले २७ र जेजे स्मिथले समान २७ रन बनाए । यस्तै, जन निकोल लोफ्टी इटोन र रुबेन ट्रम्पेलम्यानले १९–१९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । किफायती बलिङ गरेका सन्दीपले १० ओभरमा ३ भन्दा तलको इकोनोमीसहित २९ रन मात्र खर्चिए ।

सोमपाल कामीले र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिँदा बसिर अहमेद एक विकेट हात पारे ।

लिग २ मा १९ खेल खेलेको नेपाल १७ अंकसहित तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालमाथिको जितपछि नामिबिया भने १८ खेलमा १८ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : २९ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना