ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो « Khabarhub

ओलीको जवाफमा ताली बजाएको भन्दै नारायणकाजीको गुनासो


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले वाम एकता र तालमेलको प्रस्तावमा एमाले अध्यक्ष केपी ओलीको जवाफमा ताली बजाएकोप्रति गुनासो गरेका छन् ।

शनिबार ‘नेपालको भूराजनीतिक अवस्था, यसको चुनौती र अबको बाटो’ विषयमा काठमाडौँमा आयोजना गरेको कार्यक्रममा वाम एकता र तालमेलको विषयमा आफ्नो र ओली दुवैको भनाइमा ताली बजाएको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् ।

‘मैँले आत्मालोचक भई वाम तालमेल र एकता गरौँ भन्ने प्रस्ताव राख्दा र वकिल जस्तो मात्र नहुन उपरोक्त अपिल गर्दासमेत हलमा उपस्थित श्रोता सहभागीहरूले कर्तलध्वनिका साथ ताली बजाएर समर्थन गर्नुभएको थियो,’ श्रेष्ठले भनेका छन्, ‘तिनै श्रोता सहभागीहरूले कमरेड ओलीले अहङ्कारको प्रदर्शन गर्दै वाम एकतामा ठेस पुग्ने गरी बोल्दा पुनः अझ जोडले ताली बजाउनुभयो । यसले वाम तालमेल र एकतालाई सहयोग पुर्‍याउँछ त ? पुर्‍याउँदैन । हामी कहिले सच्चिने होला ? गम्भीरतापूर्वक सोचौँ ।’

श्रेष्ठका अनुसार सो कार्यक्रममा नेपालका वामपन्थी शक्तिहरूले एक अर्कालाई कमजोर पार्ने र सिद्ध्याउने नीति-प्रयत्नलाई नै निरन्तरता दिने हो भने वामपन्थी आन्दोलन नै धराशायी हुने खतरा रहेको र त्यसले अन्ततः नेपालको राष्ट्रिय सार्वभौमिकता स्वाधीनता एवं हित कमजोर हुँदै संकटग्रस्त्त बन्ने खतरा बढाउने भएकाले वामपन्थी शक्तिहरूबीचको तालमेल, मोर्चा र एकताको आवश्यकता औँल्याएका थिए ।

‘मैँले सबै सम्बन्धित पार्टी र नेताहरूलाई देश, जनता र वाम आन्दोलनलाई केन्द्रबिन्दुमा राख्दै विनम्रतापूर्वक आत्मालोचना गरी त्यस दिशामा अघि बढ्ने अग्रसरता तथा पहलकदमीको निम्ति अनुरोध गरेको थिएँ’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही कार्यक्रममा पछि बोल्दै नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले को छ र अरू वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो, ओलीले प्रम हुँदा संविधानको प्रावधान विरुद्ध प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथिसमेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक संकेत होइन ।’ उनका अनुसार ओलीको सो अभिव्यक्तिले अह‌ तुष्टि गर्ने तर देश जनता र वामपन्थी आन्दोलनलाई कुनै पनि योगदान पुर्‍याउने छैन ।

‘त्यसक्रमा मैँले आम नेता, कार्यकर्ता र बुद्धिजीवीहरूलाई ‘आफ्नो पक्ष’को अन्धतापूर्वक समर्थन र वकालत गर्ने वकिल जस्तो मात्र नबनी आलोचनात्मक चेतयुक्त बनौँ र ठिकलाई ठिक बेठीकलाई बेठीक भन्ने साहस तथा संस्कृति प्रदर्शन गरौँ भन्ने अपिल पनि गरेको थिएँ’ श्रेष्ठले गुनासो गर्दै भनेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  २ : २४ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी