गर्मी बढेसँगै चीनमा उच्च तापक्रमबाट जोगिन सर्वसाधारणलाई आह्वान « Khabarhub

गर्मी बढेसँगै चीनमा उच्च तापक्रमबाट जोगिन सर्वसाधारणलाई आह्वान


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रचण्ड गर्मी बढेसँगै चिनियाँ अधिकारीहरुले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेका छन् । तातो वायुको प्रवाह व्यापक भएपछि चीनको राष्ट्रिय मौसम निकायले चेतावनी जारी गरेको हो ।

आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ ।

शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ ।

केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ । चीनले मौसम चेतावनी प्रणालीमा चार किसिमका रङ्गको प्रयोग गर्दै आएको छ ।

मौसमसम्बन्धी गम्भीर चेतावनी दिन चीनले रातो, सुन्तले, पहेँलो र नीलो रङलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै आएको छ । आज जारी गरेको चेतावनी केही कम गम्भीर प्रकृतिको रहेको जनाइएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ४ : ३० बजे

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि