एनआरएनएद्वारा शंखमूल पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न « Khabarhub

एनआरएनएद्वारा शंखमूल पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको ललितपुर स्थित शंखमूल पार्कमा आज सरसफाइ  कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व मुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली संङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी लगायतको उपस्थिति रहेको थियो ।

सरसफाइ पश्चात् शुभकामना मन्तव्य दिँदै अध्यक्ष डा बद्री केसीले ललितपुरबासीप्रति आभार प्रकट गरेका थिए ।

ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनले विगत तीन वर्षदेखि गैरआवासीय नेपाली संघले बनाएको पार्कको संरक्षणको जिम्मा वडा नम्बर ९ ले गर्दै आएको र आफ्नो स्रोत साधनले भ्याएसम्म संरक्षण गरिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै उनले शंखमूल पार्क स्तरोन्तिका साथै शौचालयको लागि महानगरपालिकाबाट दुई करोड बजेट पास भइसकेको जानकारी दिएका थिए ।

पूर्व मुख्यसचिव लिलामणी पौड्यालले पार्क बनाउन सहयोग गर्ने गैरआवासीय नेपाली संङ्घका पदाधिकारीलाई धन्यवाद दिएका थिए ।

गैरआवासीय नेपाली संघले तत्कालीन उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा करिब ३२ रोपनी जग्गामा निर्माण गरेको उक्त पार्क ३ करोड २ लाख ५९ हजार १५५ रुपैयाँमा निर्माण भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ५१ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका