अफगानिस्तानमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको बाघलान प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

राजधानी काबुलबाट यात्रु बोकेको बस पुल–ए–खुम्री सहरनजिकै ट्रकसँग ठोक्किएको बागलानको सूचना र संस्कृति निर्देशनालयका प्रमुख मलावी मुस्तफा हासेमीले जानकारी दिए ।

अफगानिस्तानको टोलो न्युजका अनुसार उक्त बस राजधानी काबुलबाट समाङ्गनतर्फ जाँदै थियो । ‘दुर्घटना हुँदा म सुतिरहेको थिएँ’ घटनामा घाइते भएका हेरात निवासी मोहम्मद नाबीले भनेका छन् ।

उनले आफ्नो छोरा र भाइ पनि घाइते भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । “यात्राको क्रममा म निदाइरहेको थिएँ र यो घटना भयो,“ अर्का यात्रु अली मोहम्मदले भने ।

घटनामा घाइते भएका मानिसहरूलाई बाघलान र समाङ्गन प्रान्तका दुई अस्पतालमा लगिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाघलान अस्पतालका प्रमुख मोहम्मद अनवर वर्दकका अनुसार अस्पतालमा एक बालक र एक महिलासहित १५ जना घाइतेलाई भर्ना गरिएको थियो । केही घाइतेलाई अस्पतालबाट घर फर्काइएको बताइएको छ ।

अफगानिस्तानमा यस्ता सवारी दुर्घटनाहरु हुँदै आएका छन् । यसअघि बाघलानको दोशी जिल्लामा एउटा गाडीले नियन्त्रण गुमाउँदा कम्तीमा चार जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत मे महिनामा बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ५० बजे

सर्वदलीय बैठकबारे राष्ट्रपतिलाई रविको ब्रिफिङ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यवस्था सुधारोन्मुख

काठमाडौं– पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । 

महोत्तरीका वन कर्मचारीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू)

काठमाडौं– महोत्तरीको बर्दिबास कालापानीस्थित डिभिजन वनका कर्मचारीले राष्ट्रिय स्वतन्त्र पार्टीको

सर्वदलीय बैठक: यस्तो छ ७ बुँदे संयुक्त वक्तव्य

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको

सुनसरीको देवानगन्ज क्षेत्रमा निषेधाज्ञा कायम

विराटनगर– सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले