अफगानिस्तानमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानको बाघलान प्रान्तमा भएको सवारी दुर्घटनामा कम्तीमा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ३० जना घाइते भएका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

राजधानी काबुलबाट यात्रु बोकेको बस पुल–ए–खुम्री सहरनजिकै ट्रकसँग ठोक्किएको बागलानको सूचना र संस्कृति निर्देशनालयका प्रमुख मलावी मुस्तफा हासेमीले जानकारी दिए ।

अफगानिस्तानको टोलो न्युजका अनुसार उक्त बस राजधानी काबुलबाट समाङ्गनतर्फ जाँदै थियो । ‘दुर्घटना हुँदा म सुतिरहेको थिएँ’ घटनामा घाइते भएका हेरात निवासी मोहम्मद नाबीले भनेका छन् ।

उनले आफ्नो छोरा र भाइ पनि घाइते भएको जानकारी दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । “यात्राको क्रममा म निदाइरहेको थिएँ र यो घटना भयो,“ अर्का यात्रु अली मोहम्मदले भने ।

घटनामा घाइते भएका मानिसहरूलाई बाघलान र समाङ्गन प्रान्तका दुई अस्पतालमा लगिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाघलान अस्पतालका प्रमुख मोहम्मद अनवर वर्दकका अनुसार अस्पतालमा एक बालक र एक महिलासहित १५ जना घाइतेलाई भर्ना गरिएको थियो । केही घाइतेलाई अस्पतालबाट घर फर्काइएको बताइएको छ ।

अफगानिस्तानमा यस्ता सवारी दुर्घटनाहरु हुँदै आएका छन् । यसअघि बाघलानको दोशी जिल्लामा एउटा गाडीले नियन्त्रण गुमाउँदा कम्तीमा चार जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

गत मे महिनामा बाघलान प्रान्तमा भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले ट्राफिक प्रहरीलाई उद्धृत गर्दै जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ५० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी