दाङमा एकै महिनामा ४० प्रतिशत, वर्षै भर ६३ प्रतिशत खर्च « Khabarhub

दाङमा एकै महिनामा ४० प्रतिशत, वर्षै भर ६३ प्रतिशत खर्च


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा एक महिनाको अवधिमा कुल बजेटको ४० प्रतिशत विकास बजेट खर्च गरिएको छ । प्रदेश सरकार अन्तरगतका कार्यालयमा कुल बजेटको ६३ प्रतिशत खर्च हुँदै गर्दा असार महिनामा मात्रै ४० प्रतिशत बजेट खर्च भएको छ ।

कुल पुँजीगत बजेट ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार रहेकोमा असारमा मात्रै ९२ करोड १९ लाख २५ हजार ८ सय रुपैयाँ खर्च गरिएको छ । वर्षभरिमा भने कुल बजेटमध्ये १ अर्ब ८७ करोड ५ लाख ५ हजार ८ सय (५९.८७ प्रतिशत) रुपैयाँ खर्च गरेका छन् । कतिपय कार्यालयले भने असारमा भुक्तानी धेरै भएकाले यस्तो देखिएको जनाएका छन् ।

सहकारी दर्ता अधिकारीको कार्यालय, राप्ती उपत्यकाले असारमै धेरै बजेट खर्च गरेको छ । चालु तर्फको बजेट १ करोड ४८ लाख २४ हजार मध्ये असारमा १६ लाख ५० हजार ६ सय र वर्षभरि १८ लाख ९२ हजार ३ सय रुपैयाँ खर्च गरेको छ । पुँजीगत तर्फको बजेट ९३ लाख १० हजार मध्ये असारमा ८२ हजार २ सय र वर्ष भरी १ करोड ११ लाख ७४ हजार ३ सय रुपैयाँ खर्च गरेको कार्यालयले जानकारी दिएको छ ।

आर्थिक वर्षमा प्रदेश पूर्वाधार विकास प्राधिकरणले कम खर्च गरेको छ । चालु तर्फको बजेट २० करोड ५५ लाख ९७ हजार मध्ये असारमा ४ करोड ७४ लाख ९४ हजार ३ सय ४८.२९ र वर्षभरि ९ करोड ४२ लाख ३३ हजार ९ सय रुपैयाँ खर्च गरेको तथ्याङ्क छ । पुँजीगत तर्फको बजेट २९ करोड ८५ लाख मध्ये असारमा १ करोड ७२ लाख ३९ हजार ३ सय १२.७३ र वर्ष भरी १ करोड ८५ लाख ९८ हजार ४ सय १२.७३ रुपैयाँ खर्च गरेको छ ।

६३ प्रतिशत पुँजीगत खर्च

प्रदेश सरकारको करिब ६३ प्रतिशत खर्च पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्ष २०७८÷०७९मा प्रदेश सरकार अन्तर्गतको पुँजीगत खर्च ६२.६० प्रतिशत भएको छ । यस आर्थिक वर्षभर पुँजीगत खर्च ६२.६० प्रतिशत भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ ।

जिल्लामा प्रदेश सरकारबाट चालु आर्थिक वर्षको लागि पुँजीगततर्फ ३ अर्ब ७४ करोड ८५ लाख ९१ हजार बजेट आएकोमा २ अर्ब ३४ करोड ८६ लाख ६८ हजार २ सय ९५ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका सुचना अधिकारी उदयराज भण्डारीले जानकारी दिए ।

चालुतर्फ ७८.३० प्रतिशत खर्च भएको छ । चालुतर्फ प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा १ अर्ब ९४ करोड ८८ लाख ५३ हजार रुपैयाँ आएको थियो । जसमा हालसम्म १ अर्ब ५२ करोड ६० लाख ६९ हजार ५ सय ७५ रुपैयाँ खर्च भएको छ । असार महिनामा मात्र प्रदेश सरकारको पुँजीगत खर्च ९२ करोड ३७ लाख १४ हजार ८ सय ५९ रुपैयाँ ८१ पैसा खर्च भएको छ । यसैगरी प्रदेश सरकार अन्तर्गत जिल्लामा हालसम्म ९९ करोड ६४ लाख ९१ हजार ६ सय ७७ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी भण्डारीले बताए ।

३८ प्रतिशत बजेट खर्च भएन

आव २०७८/७९ मा दाङमा ३८ प्रतिशत विकास बजेट खर्च भएको छैन । कुल ५ अर्ब ७४ करोड ६९ लाख ७४ हजार रुपैयाँ बजेटमध्ये १ अर्ब ४० करोड १७ लाख ११ हजार ७ सय ५२ रुपैयाँ खर्च नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले बताएको छ ।

स्थानीय निर्वाचन, सार्वजनिक खरिद नियमावली ११ औँ संशोधन, निमार्ण सामाग्रीको मूल्य वृद्धि लगायतका कारण विनियोजित बजेट लक्ष्य अनुरूप कार्यान्वयन नभएको कार्यालयका प्रमुख शिवप्रसाद चौधरीले बताए । बजेटको आकारका हिसाब विनियोजित बजेट शतप्रतिशत प्रतिशत खर्च हुनुपर्ने हो । तर लक्ष्य अनुरूप खर्च नहुँदा विकास समेत प्रभावित भएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : ४४ बजे

संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदनबाट प्रतिवाद गर्छौं : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ