पाकिस्तानी अर्थतन्त्र अझ खराब हुने चिन्ता « Khabarhub

पाकिस्तानी अर्थतन्त्र अझ खराब हुने चिन्ता


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रुस–युक्रेन युद्ध लम्बिँदै गर्दा पाकिस्तानजस्ता अल्पविकसित मुलुकमा यसको असर देखा पर्दै जान थालेको छ । जेपी मोर्गन चेस बैंकका एकजना विश्लेषकले रुसले युरोपेली मुलुकहरु र अमेरिकालाई लक्षित गर्दै उर्जा आपूर्ति कटौति गरिदिएको खण्डमा उर्जाको मूल्यले आकाश छुने टिप्पणी गरेका छन् ।

दैनिक ३० लाख ब्यारेल आपूर्ति बन्द भएको खण्डमा विश्वमा प्रतिब्यारेल तेलको मूल्य १९० अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ । यसभन्दा अझ खराब अवस्थाको कल्पना गर्दा रुसले दैनिक ५० लाख ब्यारेल तेलको उत्पादन कटौती गरेको खण्डमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेर ३८० डलरसम्म पुग्ने बताइएको छ ।

यस्तो अवस्था आएको खण्डमा पाकिस्तानमा श्रीलंकाले भन्दा खराब संकट देखा पर्ने छ । तेलको मूल्य १०० डलर प्रतिब्यारेल आसपास रहेको अवस्थामा अहिले समेत त्यहाँ उर्जा संकटको सम्भावनाहरु देखा परिरहेका छन् ।

उच्च मुद्रास्फीति, राष्ट्रिय मुद्राको मूल्यमा भारी गिरावटजस्ता कारणले पाकिस्तानमा आर्थिक चुनौतिहरु थपिएका छन् । पैसा नहुँदा पाकिस्तानको व्यापार घाटा चालु आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा उच्च ४८ अर्ब ६६ करोड डलर पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा यो ५७ प्रतिशतले बढी हो । यसको समाधानका लागि गत मे महिनामा पाकिस्तानको शहबाज शरिफको सरकारले ८०० भन्दा धेरै गैर अत्यावश्यक एवम् विलासी वस्तुको आयोतमा प्रतिबन्ध लगाएको थियो ।

धेरै चर्चा गरिएको चीन–पाकिस्तान इकोनोमिक करिडोर (सिपेक) अहिले पाकिस्तानका लागि आयको स्रोत नभइ दायित्वको बोझ बनेको छ । पाकिस्तानले चीनको एक उर्जा कम्पनीलाई पैसा तिर्दैमा सरकारी आय गुमाइरहेको छ । चीनबाट ठूलो परिमाणमा ऋण तथा अनुदान सहयोग प्राप्त गरेपनि पाकिस्तानमा सिपेक परियोजना अन्तर्गतका धेरै निर्माणकार्य जस्ताको त्यस्तै रहेका छन् ।

जुन महिनामा मात्रै पाकिस्तानमा २० प्रतिशत भन्दा धेरैको मुद्रास्फीति देखिएको थियो । यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानलाई पेट्रोलियम पदार्थमा ५० पाकिस्तानी रुपैयाँ मूल्य बढाउन सुझाव दिएको थियो । यससँगै केबल ३३ दिनको अवधिमा पेट्रोलको मूल्य १४९ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको थियो ।

यसबाहेक त्यहाँ विद्युत एवम् ग्यासको राजश्वमा पनि वृद्धि गरिएको छ । यसैक्रममा अत्यावश्यक वस्तुको आयातले पनि मुलुकको विदेशी सञ्चितीमा भार थपिरहेको छ । पाकिस्तानले चालु आर्थिक वर्ष सन् २०२१/२२ को पहिलो ११ महिनामा ३ अर्ब ५६ करोड अमेरिकी डलर बराबरको खाना पकाउने ग्यास आयात गरेको छ ।

यो अघिल्लो वर्ष भन्दा ४४ प्रतिशतले धेरै हो । पाकिस्तानको घरेलु बजारमा खाना पकाउने ग्यासको मूल्य सन् २०१९ को जनवरीमा २०० रुपैयाँ प्रतिलिटर रहेकोमा अहिले ५५० रुपैयाँ प्रतिलिटर पुगेको छ ।

पाकिस्तानको स्टेट बैंक अफ पाकिस्तानका अनुसार पछिल्ला दुई दशकयता पाकिस्तानले खाने तेल र तेलहन उत्पादनको आयात बढ्दै गएको छ । सन् २०२० मा मात्रै पाकिस्तानको कूल खपतको ८६ प्रतिशत तेल विदेशबाट आयात गरिएको थियो ।

जनसंख्या बढेसँगै आयात पनि सोही अनुसार बढ्दै गएको बताइएको छ । मुलुकभित्रै सोयबिन र अन्य तेल उत्पादन गर्ने सरकारको योजनाले सन्तोषजनक नतिजा ल्याउन सकेका छैनन् ।

पाकिस्तानी बैंकर युसुफ नजारका अनुसार पाकिस्तानले जति अन्तर्राष्ट्रिय मुद्रा कोषबाट अरु कुनै मुलुकले पनि सहायता पाएका छैनन् । पाकिस्तानमा आउने नागरिक वा सैनिक सरकारले त्यहाँको अर्थतन्त्रमा विद्यमान आधारभूत समस्याको सम्बोधन गर्न नसकेका कारण यस्तो अवस्था आएको उनको भनाइ छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा पाकिस्तान अस्थीरताको भूमरीमा फस्नसक्ने चेतावनी दिइएको छ । २१ औं शताब्दीको सुरुवातयता पाकिस्तानले हरेक वर्ष १६ देखि २१ अर्ब अमेरिकी डलर बराबरको घाटा व्यहोरिरहेको छ ।

उक्त प्रतिवेदनमा सोही कारण मुलुकको राष्ट्रिय उत्पादकत्व घट्दै गएको जनाइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो सहायताका बावजुद पाकिस्तानले अझै खराब अवस्थाको सामना गर्नुपर्ने अवस्था देखिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ११ बजे

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि

२४ घण्टामा देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं– राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यही फागुन

बजार अनुगमन तीव्र, एक फर्मलाई पाँच हजार रुपैयाँ जरिवाना

काठमाडौं– बजार अनुमगनलाई तीव्रता दिँदै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना