परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता « Khabarhub

परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार सुवेदीले जानकारी दिए। भेटमा सल्लाहकार सुवेदीले नेपाल र बेलायत निकै पुराना मित्र राष्ट्र रहेको भन्दै नेपालको विकास निर्माण र लोकतान्त्रिकरणमा बेलायतले निरन्तर गरिरहेको सहयोगको प्रशंसा गरे।

साथै उनीहरूबीच नेपाली वायुसेवालाई युरोपेली युनियन (इयु) ले गरेको कालो सूचीबाट हटाउने विषयमा छलफल भएको थियो । इयुले नेपाली वायुसेवालाई कालो सूचीमा राख्दा बेलायतमा समेत नेपाली वायुसेवाले उडान भर्न सकेको छैन ।

सो अवसरमा राजदूत पोलिटले नेपालको विकास निर्माणका साथै प्रजातन्त्र र मानवअधिकारका क्षेत्रमा बेलायतको  सहयोग  जारी रहने बताएका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ५ : २८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक