पाकिस्तानलाई आपूर्ति गरिएका हतियारको पार्टपुर्जा उपलब्ध गराउन चीन असफल « Khabarhub

पाकिस्तानलाई आपूर्ति गरिएका हतियारको पार्टपुर्जा उपलब्ध गराउन चीन असफल


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन पाकिस्तानलाई आपूर्ति गरिएका हतियार प्रणालीलाई आवश्यक पर्ने पार्टपुर्जा उपलब्ध गराउन असफल देखिएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पाकिस्तानलाई चीनले पाँच वर्षअघि आपूर्ति गरेका जमिनबाट आकाशमा मार हान्न सक्ने क्षेप्यास्त्रको अवस्था कमजोर रहेको पाइएको छ ।

हतियार प्रणालीले पूर्ण रुपमा आफ्नो काम गर्न पर्याप्त मात्रामा पार्टपुर्जा चाहिने बताइन्छ । यद्यपि चीनले पाकिस्तानलाई यस्ता पार्टपुर्जा आपूर्ति गर्न असक्षम देखिएको रक्षा एवम् भू राजनीतिसम्बन्धी समाचार प्रकाशन गर्ने डिफेसा अनलाइनले जनाएको छ ।

यसबाट चीनको बन्दोबस्ती प्रणालीमा पनि प्रश्न खडा भएको उक्त अनलाइनले जनाएको छ । यदी यही क्रम चलिरहेको खण्डमा यसले पाकिस्तानलाई आफ्नो हवाई क्षेत्रको रक्षा गर्न गम्भीर समस्या पर्ने बताइएको छ ।

सन् २०१७ मा चीनबाट प्राप्त गरेको एचक्यु–१६ (एलवाई–८०) मध्यम दुरीको विमानभेदी क्षेप्यास्त्र पाकिस्तानी रक्षा प्रणालीका लागि महत्वपूर्ण मानिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ५ : ०१ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन